‘स्टर्म फ्रण्ट’लाई यूरोपको एउटा अत्यन्तै प्रभावशाली वेभसाइट मानिन्छ । यसले श्वेत बर्चश्ववाद, श्वेत राष्ट्रवाद र सांस्कृतिक श्रेष्ठतालाई स्थापित गर्ने सन्देश दिइरहन्छ र समाजमा नश्लीय घृणा बढाउने प्रयत्न गरिरहन्छ । त्यहाँ यो वेभसाइटलाई नबनाजी भन्ने संज्ञा पनि दिइएको छ । ब्रिटेनमा यो वेभसाइट मनपराउने मानिसहरु पनि निकै मात्रामा रहेको बताइछ । तीमध्ये अधिकांश सत्तारुढ कञ्जरभेटिभ पार्टीकै सदस्यहरु रहेको उल्लेख गरिन्छ । भारतीय र अफ्रिकी नश्लसँग सम्बन्धित रहेका ऋषि सुनक पनि कञ्जरभेटिभ पार्टीकै नेता हुने होडमा थिए । उनलाई कञ्जरभेटिभ पार्टीका सांसदहरुको समर्थन पनि प्राप्त थियो । तर जब यो चुनाव कार्यकर्ताहरुबाट भयो उनी नराम्रोसँग चुनाव हारे । अति ब्रिटेनको पछिल्लो प्रधानमन्त्री लिज ट्रस बन्न पुगिन् ।
इतिहास केलाउने हो भने ब्रिटेनका पहिला प्रधानमन्त्री सन् १७२१ मा रबर्ट वालपोल बनेका थिए । उनी पनि गोरा नश्लकै हुन् । तीन सय वर्ष यताको ब्रिटेनको इतिहासमा कोही पनि अश्वेत या काला जातिका मानिसहरु प्रधानमन्त्री बन्न पाएका छैनन् । यस्तो ऐतिहासिक परिप्रेक्षमा ऋषि सुनकको नाम केवल उदारवादी लोकतन्त्रको एउटा देखावटी अनुहारसम्म मात्र थियो । यथार्थ वास्तविकता त्यही हुने थियो जुन ब्रिटिश इतिहासमा हुँदै आएको थियो । यथार्थतः ब्रिटिश समाजलाई जान्ने सुन्नेहरुले त्यहाँको कथित उदारवादी लोकतान्त्रिक सम्भावनहरु र आशंकाहरुलाई पनि राम्रैसँग बुझ्ने र सम्झिने गर्दछन् ।
दुई वर्षजति अघि अमेरिकाको मिनिपोलिसमा एक अफ्रिकी अमेरिकी अर्थात् कला व्यक्ति जर्ज फ्लोयडको मृत्यु पछि यूरोपमा पनि ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्दै नश्लभेदी क्रूर अमानबीयताका विरुद्ध विरोध प्रदर्शनहरु भएका थिए । त्यस क्रममा ब्रिटेनका कयौं शहरहरुमा पनि नश्लभेद विरोधी कार्यक्रमहरुको आयोजन गरिएको थियो । त्यतिबेला पनि ब्रिटेनमामा कञ्जरभेटिभ पार्टी नै सत्ता थियो । त्यो पार्टीले यस्ता विरोध प्रदर्शनहरुको विरोध मात्र गरेको थिएन, प्रदर्शनकारीहरुलाई निकै अर्ति उपदेश पनि दिएको थियो । यी सबै कुराका बीच पनि नश्लभेदका समर्थनमा त्यहाँका दक्षिणपन्थीहरु जे जस्तो हर्कतहरु गरे त्यसबाटै प्रष्ट हुन्छ र भइरहेको छ कि बिबिधतपूर्ण ब्रिटेनमा गोरा र कालाबीचको घृणाको खाडल कति गहिरो छ ।
हुन पनि त्यहाँका दक्षिणपन्थी समूहहरुले कञ्जरभेटिभ पार्टीलाई नै समर्थन गर्ने गर्दछन् । बिडम्बना पनि के छ भने त्यहाँ लेवर पार्टीलाई भन्दा बढी कञ्जरभेटि पार्टी नै रहेको देखिन्छ । अब ब्रिटेनमा तीन वर्ष पछि २०२५ मा आम निर्वाचन हुन गइरहेको छ । यस स्थितिमा ब्रिटेनकी नयाँ प्रधानमन्त्री लिजा ट्रसले कञ्जरभेटिभ पार्टीलाई सत्तामा कायम राखिराख्ने कसम पनि खाएकी छन् । यो कुरा एउटा संयोग मात्र पनि होइन । त्यसैगरी अहिले सुनक ब्रिटेनको प्रधानमन्त्री बन्न नपाउनु पनि कुनै संयोग मात्र होइन भन्ने विश्लेषण गरिदैछ । उनलाई केवल कथित लोकतन्त्र उदार छ भन्ने कुरा विश्वलाई देखाउन प्रयोग गरिएको एउटा नियोजित लाग्ने हर्कत मात्र थियो । किनभने प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा पहिला नै तय भइसकेको थियो ।
वास्तवमा जानकारहरु भन्दछन् कि यूरोपेली संघबाट ब्रिटेन बाहिरिनुको पछाडि पनि त्यहाँ जब्बर भएर रहेको नश्लीय कट्टरता नै थियो । विश्वको सबैभन्दा ठूलो एकलौटी बजार यूरोपेली संघको आर्थिक द्वार हुँदाहुदै पनि ब्रिटेन त्यो संघबाट अलग्गिनुलाई आधुनिक विश्वमा एउटा ठूलो घटना मानिन्छ । यसलाई ब्रिटेनको र यूरोपेली संघको बिबिधतालाई किनाराम धकेल्ने र नश्लीय श्रेष्ठतालाई सम्मान गर्ने काम गरेको छ । हुन पनि बृटिश समाज स्वतन्त्र व्यापारको फाइदाहरु र आफ्नो अर्थिक प्रगतिभन्दा बढी आप्रबासनका ती चूनौतिहरुसँग आशंकित रहेको देखिन्छ, जुन पूर्वी यूरोप र गृहयुद्धसँग जुधिरहेका अरब र अफ्रिकी देशहरुबाट त्यहाँ आइरहेका छन् । त्यहाँका निवासीहरुलाई के लाग्दथ्यो भने यूरोपेली संघमा बढी समयसम्म कायम रहियो भने उनको संस्कृति मात्र होइन सामाजिक र सांस्कृतिक परिदृष्य नै बद्लिने मात्र होइन, स्थानीयबासीहरुका लागि रोजगारीको अभाव र सुरक्षाको संकट पनि अझ गहिरिन सक्छ ।
यस सन्दर्भमा २०११मा ब्रिटेनको जनसंख्या तथ्यांक प्रकाशमा ल्याइँदा त्यसको पनि त्यहाँको परम्परावादी समाले कडा प्रतिकृया जनाएकाको देखिएको थियो । त्यस तथ्यांकमा ब्रिटेनको जनसंख्या ६ करोड ३२ लाख देखाइएको थियो । त्यसमा बृटेका स्थानीयबासीहरुको अनुपात २००१ के जनगणना हुँदा रहेको ८७ प्रतिशतको तुलनामा घटेर ८० प्रतिशत हुन पुगेको थियो । बृटिश जनसंख्यामा बितेको दशकमा आएको परिवर्तनका लागि मूख्य कारण मूख्यतः आप्रवासीहरु आउनुलाई नै बताइन्छ । यी कारणहरुले गर्दा ब्रिटेनको राजनीतिमा आप्रबासनको समस्यालाई लिएर हलचल बढ्ने गरेको देखिन्छ ।
बितेको २०१६ मा पनि ब्रिटेनमा जनमत संग्रहको बेला मानिसहरुसँग के प्रश्न सोधिएको थियो भने उनीहरु यूरोपेली संघमा बस्न चाहन्छन् कि त्यसबाट बाहिरिन चाहन्छन् ? जनमतले बाहिरिने पक्षलाई विजयी तुल्यायो । कञ्जरभेटिभ पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसोन लगातार ब्रिटेनलाई यूरोपेली संघबाट बाहिर निकाल्ने पक्षको हिमायती बनिरहे । उनलाई दक्षिणपन्थी विचारधारातर्फ झुकाव भएको नेता मानिन्छ । त्यसैले उनले काला अफ्रो–इण्डियन ऋषि सुनकलाई किनारा लगाउन कुनै बिलम्ब गरेनन् र लिज ट्रसलाई समर्थन गरेर उनलाई प्रधानमन्त्री बनाइछाड्ने भूमिका खेले ।
वस्तुतः शाश्वत सत्य के भने ब्रिटेनका गोराहरु नश्लवादी नै हुन् र उनीहरुमा देशको नेतृत्व गर्ने कोही पनि गोरो नश्लकै हुनु पर्दछ भन्ने कुरालाई बढी मन पराउनु त्यसैले स्वाभाविक नै हो । यसको एउटा प्रमुख कारण के मानिन्छ भने बृटिश समाजमा गोराहरुको श्रेष्ठताको त्यस्तो भाव छ जसले कालाहरुको प्रतिनिधित्वको सम्भावनलाई निरन्तर नकार्ने गर्दै आएको छ । हुन पनि जैविक अन्तरका सामाजिक धारणाहरुमाथि आधारित भेदभाव र पूर्वाग्रह विश्वको सबैभन्दा उदारवादी लोकतान्त्रिक मानिने ब्रिटेनको राजनीतिमा निकै असरदार रहेको छ । अहिलेको ऋषि सुनको पराजयलाई पनि एकथरी विश्लेषकहरुले यसरी नै हेरेका छन् । यसले ब्रिटेनको मात्र होइन आधुनिक विश्वको यूरोपेली समाजको यो नश्लवादी चरित्रले विश्वमा समानता, स्वतन्त्रता र भाइचारको नारा दिने पूँजीवादी समाज कसरी नश्लवादको शरणमा पुगेको छ भन्ने कुरा पनि उजागर भएको छ ।
वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:५७ मा प्रकाशित






























