back
CTIZAN AD

उदार लोकतन्त्रमा कुरूप नश्लवाद

वि.सं.२०७९ भदौ २४ शुक्रवार

981 

shares

‘स्टर्म फ्रण्ट’लाई यूरोपको एउटा अत्यन्तै प्रभावशाली वेभसाइट मानिन्छ । यसले श्वेत बर्चश्ववाद, श्वेत राष्ट्रवाद र सांस्कृतिक श्रेष्ठतालाई स्थापित गर्ने सन्देश दिइरहन्छ र समाजमा नश्लीय घृणा बढाउने प्रयत्न गरिरहन्छ । त्यहाँ यो वेभसाइटलाई नबनाजी भन्ने संज्ञा पनि दिइएको छ । ब्रिटेनमा यो वेभसाइट मनपराउने मानिसहरु पनि निकै मात्रामा रहेको बताइछ । तीमध्ये अधिकांश सत्तारुढ कञ्जरभेटिभ पार्टीकै सदस्यहरु रहेको उल्लेख गरिन्छ । भारतीय र अफ्रिकी नश्लसँग सम्बन्धित रहेका ऋषि सुनक पनि कञ्जरभेटिभ पार्टीकै नेता हुने होडमा थिए । उनलाई कञ्जरभेटिभ पार्टीका सांसदहरुको समर्थन पनि प्राप्त थियो । तर जब यो चुनाव कार्यकर्ताहरुबाट भयो उनी नराम्रोसँग चुनाव हारे । अति ब्रिटेनको पछिल्लो प्रधानमन्त्री लिज ट्रस बन्न पुगिन् ।

इतिहास केलाउने हो भने ब्रिटेनका पहिला प्रधानमन्त्री सन् १७२१ मा रबर्ट वालपोल बनेका थिए । उनी पनि गोरा नश्लकै हुन् । तीन सय वर्ष यताको ब्रिटेनको इतिहासमा कोही पनि अश्वेत या काला जातिका मानिसहरु प्रधानमन्त्री बन्न पाएका छैनन् । यस्तो ऐतिहासिक परिप्रेक्षमा ऋषि सुनकको नाम केवल उदारवादी लोकतन्त्रको एउटा देखावटी अनुहारसम्म मात्र थियो । यथार्थ वास्तविकता त्यही हुने थियो जुन ब्रिटिश इतिहासमा हुँदै आएको थियो । यथार्थतः ब्रिटिश समाजलाई जान्ने सुन्नेहरुले त्यहाँको कथित उदारवादी लोकतान्त्रिक सम्भावनहरु र आशंकाहरुलाई पनि राम्रैसँग बुझ्ने र सम्झिने गर्दछन् ।

दुई वर्षजति अघि अमेरिकाको मिनिपोलिसमा एक अफ्रिकी अमेरिकी अर्थात् कला व्यक्ति जर्ज फ्लोयडको मृत्यु पछि यूरोपमा पनि ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्दै नश्लभेदी क्रूर अमानबीयताका विरुद्ध विरोध प्रदर्शनहरु भएका थिए । त्यस क्रममा ब्रिटेनका कयौं शहरहरुमा पनि नश्लभेद विरोधी कार्यक्रमहरुको आयोजन गरिएको थियो । त्यतिबेला पनि ब्रिटेनमामा कञ्जरभेटिभ पार्टी नै सत्ता थियो । त्यो पार्टीले यस्ता विरोध प्रदर्शनहरुको विरोध मात्र गरेको थिएन, प्रदर्शनकारीहरुलाई निकै अर्ति उपदेश पनि दिएको थियो । यी सबै कुराका बीच पनि नश्लभेदका समर्थनमा त्यहाँका दक्षिणपन्थीहरु जे जस्तो हर्कतहरु गरे त्यसबाटै प्रष्ट हुन्छ र भइरहेको छ कि बिबिधतपूर्ण ब्रिटेनमा गोरा र कालाबीचको घृणाको खाडल कति गहिरो छ ।

हुन पनि त्यहाँका दक्षिणपन्थी समूहहरुले कञ्जरभेटिभ पार्टीलाई नै समर्थन गर्ने गर्दछन् । बिडम्बना पनि के छ भने त्यहाँ लेवर पार्टीलाई भन्दा बढी कञ्जरभेटि पार्टी नै रहेको देखिन्छ । अब ब्रिटेनमा तीन वर्ष पछि २०२५ मा आम निर्वाचन हुन गइरहेको छ । यस स्थितिमा ब्रिटेनकी नयाँ प्रधानमन्त्री लिजा ट्रसले कञ्जरभेटिभ पार्टीलाई सत्तामा कायम राखिराख्ने कसम पनि खाएकी छन् । यो कुरा एउटा संयोग मात्र पनि होइन । त्यसैगरी अहिले सुनक ब्रिटेनको प्रधानमन्त्री बन्न नपाउनु पनि कुनै संयोग मात्र होइन भन्ने विश्लेषण गरिदैछ । उनलाई केवल कथित लोकतन्त्र उदार छ भन्ने कुरा विश्वलाई देखाउन प्रयोग गरिएको एउटा नियोजित लाग्ने हर्कत मात्र थियो । किनभने प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा पहिला नै तय भइसकेको थियो ।

वास्तवमा जानकारहरु भन्दछन् कि यूरोपेली संघबाट ब्रिटेन बाहिरिनुको पछाडि पनि त्यहाँ जब्बर भएर रहेको नश्लीय कट्टरता नै थियो । विश्वको सबैभन्दा ठूलो एकलौटी बजार यूरोपेली संघको आर्थिक द्वार हुँदाहुदै पनि ब्रिटेन त्यो संघबाट अलग्गिनुलाई आधुनिक विश्वमा एउटा ठूलो घटना मानिन्छ । यसलाई ब्रिटेनको र यूरोपेली संघको बिबिधतालाई किनाराम धकेल्ने र नश्लीय श्रेष्ठतालाई सम्मान गर्ने काम गरेको छ । हुन पनि बृटिश समाज स्वतन्त्र व्यापारको फाइदाहरु र आफ्नो अर्थिक प्रगतिभन्दा बढी आप्रबासनका ती चूनौतिहरुसँग आशंकित रहेको देखिन्छ, जुन पूर्वी यूरोप र गृहयुद्धसँग जुधिरहेका अरब र अफ्रिकी देशहरुबाट त्यहाँ आइरहेका छन् । त्यहाँका निवासीहरुलाई के लाग्दथ्यो भने यूरोपेली संघमा बढी समयसम्म कायम रहियो भने उनको संस्कृति मात्र होइन सामाजिक र सांस्कृतिक परिदृष्य नै बद्लिने मात्र होइन, स्थानीयबासीहरुका लागि रोजगारीको अभाव र सुरक्षाको संकट पनि अझ गहिरिन सक्छ ।

यस सन्दर्भमा २०११मा ब्रिटेनको जनसंख्या तथ्यांक प्रकाशमा ल्याइँदा त्यसको पनि त्यहाँको परम्परावादी समाले कडा प्रतिकृया जनाएकाको देखिएको थियो । त्यस तथ्यांकमा ब्रिटेनको जनसंख्या ६ करोड ३२ लाख देखाइएको थियो । त्यसमा बृटेका स्थानीयबासीहरुको अनुपात २००१ के जनगणना हुँदा रहेको ८७ प्रतिशतको तुलनामा घटेर ८० प्रतिशत हुन पुगेको थियो । बृटिश जनसंख्यामा बितेको दशकमा आएको परिवर्तनका लागि मूख्य कारण मूख्यतः आप्रवासीहरु आउनुलाई नै बताइन्छ । यी कारणहरुले गर्दा ब्रिटेनको राजनीतिमा आप्रबासनको समस्यालाई लिएर हलचल बढ्ने गरेको देखिन्छ ।

बितेको २०१६ मा पनि ब्रिटेनमा जनमत संग्रहको बेला मानिसहरुसँग के प्रश्न सोधिएको थियो भने उनीहरु यूरोपेली संघमा बस्न चाहन्छन् कि त्यसबाट बाहिरिन चाहन्छन् ? जनमतले बाहिरिने पक्षलाई विजयी तुल्यायो । कञ्जरभेटिभ पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसोन लगातार ब्रिटेनलाई यूरोपेली संघबाट बाहिर निकाल्ने पक्षको हिमायती बनिरहे । उनलाई दक्षिणपन्थी विचारधारातर्फ झुकाव भएको नेता मानिन्छ । त्यसैले उनले काला अफ्रो–इण्डियन ऋषि सुनकलाई किनारा लगाउन कुनै बिलम्ब गरेनन् र लिज ट्रसलाई समर्थन गरेर उनलाई प्रधानमन्त्री बनाइछाड्ने भूमिका खेले ।

वस्तुतः शाश्वत सत्य के भने ब्रिटेनका गोराहरु नश्लवादी नै हुन् र उनीहरुमा देशको नेतृत्व गर्ने कोही पनि गोरो नश्लकै हुनु पर्दछ भन्ने कुरालाई बढी मन पराउनु त्यसैले स्वाभाविक नै हो । यसको एउटा प्रमुख कारण के मानिन्छ भने बृटिश समाजमा गोराहरुको श्रेष्ठताको त्यस्तो भाव छ जसले कालाहरुको प्रतिनिधित्वको सम्भावनलाई निरन्तर नकार्ने गर्दै आएको छ । हुन पनि जैविक अन्तरका सामाजिक धारणाहरुमाथि आधारित भेदभाव र पूर्वाग्रह विश्वको सबैभन्दा उदारवादी लोकतान्त्रिक मानिने ब्रिटेनको राजनीतिमा निकै असरदार रहेको छ । अहिलेको ऋषि सुनको पराजयलाई पनि एकथरी विश्लेषकहरुले यसरी नै हेरेका छन् । यसले ब्रिटेनको मात्र होइन आधुनिक विश्वको यूरोपेली समाजको यो नश्लवादी चरित्रले विश्वमा समानता, स्वतन्त्रता र भाइचारको नारा दिने पूँजीवादी समाज कसरी नश्लवादको शरणमा पुगेको छ भन्ने कुरा पनि उजागर भएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:५७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...