back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ भदौ २५ शनिवार

867 

shares

‘इलामे जेठो’ शिव अधिकारी
माई न पा–१०,इलाम
१ नं. प्रदेश


डाँडा,पाखा, गाउँ सहर,चलाएर सारा ।
बिकृतिका डङ्गुरहरु,जलाएर सारा ।
जुट्नुपर्छ अब युवा, देशको मुहार फेर्न,
अजम्बरी दुबोसरी, पलाएर सारा ।


पाखुरी छन् दुई हाम्रा, कर्म ता गर्नुपर्दछ ।
शनै शनै गरे पक्कै, होइन्छ पार पर्वत ।
लैनु गाई छ, दुहे दुध अडिन्छ र डोकोमा ?
लौको रोपेर काँक्राको, आशा गर्नु अनर्थ छ ।


विवेकी हौं, यदि हामी, बुझ्छौं भने सत्य कुरा ।
लडिन्छ है बिना होस, कुद्छौं भने सत्य कुरा ।
सामुन्नेका ज्यूँदा ईश्वर, आमाबाबुलाई सधैं,
पार तर्छौं अनि मात्रै, पुज्छौं भने सत्य कुरा ।


मानव जीवन बहुमुल्य, छ रे पाइँदैन ।
बेलैमाथि होस गरौं, भरे पाइँदैन ।
सकेसम्म आजै गरौं, भोलि नभनौ है,
बेला बितेपछि बित्यो, मरे पाइँदैन ।


तिम्रै मन मुटुभित्र, घुसिदिन्छु म ।
झरेका ती सारा आँसु, पुछिदिन्छु म ।
तिमीले मलाई साथ दिन्छु,मात्र भन त,
संसारले नदिएको, खुशी दिन्छु म ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...