‘इलामे जेठो’ शिव अधिकारी
माई न पा–१०,इलाम
१ नं. प्रदेश
१
डाँडा,पाखा, गाउँ सहर,चलाएर सारा ।
बिकृतिका डङ्गुरहरु,जलाएर सारा ।
जुट्नुपर्छ अब युवा, देशको मुहार फेर्न,
अजम्बरी दुबोसरी, पलाएर सारा ।
२
पाखुरी छन् दुई हाम्रा, कर्म ता गर्नुपर्दछ ।
शनै शनै गरे पक्कै, होइन्छ पार पर्वत ।
लैनु गाई छ, दुहे दुध अडिन्छ र डोकोमा ?
लौको रोपेर काँक्राको, आशा गर्नु अनर्थ छ ।
३
विवेकी हौं, यदि हामी, बुझ्छौं भने सत्य कुरा ।
लडिन्छ है बिना होस, कुद्छौं भने सत्य कुरा ।
सामुन्नेका ज्यूँदा ईश्वर, आमाबाबुलाई सधैं,
पार तर्छौं अनि मात्रै, पुज्छौं भने सत्य कुरा ।
४
मानव जीवन बहुमुल्य, छ रे पाइँदैन ।
बेलैमाथि होस गरौं, भरे पाइँदैन ।
सकेसम्म आजै गरौं, भोलि नभनौ है,
बेला बितेपछि बित्यो, मरे पाइँदैन ।
५
तिम्रै मन मुटुभित्र, घुसिदिन्छु म ।
झरेका ती सारा आँसु, पुछिदिन्छु म ।
तिमीले मलाई साथ दिन्छु,मात्र भन त,
संसारले नदिएको, खुशी दिन्छु म ।
वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५३ मा प्रकाशित






























