back
CTIZAN AD

कविता : अफ्ट्यारो अफ्ठ्यारोमा

वि.सं.२०७९ भदौ २५ शनिवार

1.1K 

shares

हेमलाल जोशी, गुवाहाटी, असम, भारत

काव्य
कविता
मुक्तक छन अफ्ठ्यारोमा,
जथाभावी बितर्कको नदी
खस्दैछन् मनमानीको समुद्रमा,
तल
माथि
देब्रे
दाहिने
छरिएका छन् शब्दहरू,
खोर्सानीको बिरूवामा
बसेका छन् लाटोकोसेरो,
स्याउको रूखको पातमा
झुण्डिएका छन् भङ्गेरा,
नगरौं नगरौं कर्मको अवहेलना,
क्रिया उभिएको छ मौनतामा,
संज्ञा सर्वनाम सबै सुतेका छन्
काला काला ढुङ्गामा ।
सङ्लो पानी खोदलेर नपारौं हिलो,
भोलिको थाहा कस्लाई छ र
हुन सक्छ ढिलो,
हुन सक्छ ढिलो ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...