back
CTIZAN AD

कविता : कविताको चिच्च्याई

वि.सं.२०७९ भदौ २५ शनिवार

906 

shares

प्रदीप रत्न शाक्य, बौद्ध, काठमाडौं

रात जब जब
सडकमा ओइरिंदै जान्छ
हो सुनसान जाग्छ ।

म चेतनशील हुनुको गर्वले
अन्धकार छाम्न पुग्छु
कविता ब्युँझन्छ
भावहरूको कोलाहल ब्युँझन्छ
एउटी विधुवाको आकृतिमा ।

सुनसान
जलिरहेको सौंदर्यको अट्टहासमा जल्दै
मलाई भनिरहन्छ
म विचित्र इन्साफको चिनारी हुँ
मलाई जल्न देऊ
सहीदकी विधुवा जस्ती बल्न चाहन्छु ।

म उनको धारणामा बग्दै जान्छु
अक्षरहरूलाई बगाउंदै जान्छु
सुनसान पनि कोलाहल बन्दै बग्दै जान्छ
मेरो कवितालाई मशाल बनाउन ।

एउटा ज्वाला बन्दै
मेरो कविता चिच्च्याउंछ
म अचानो बन्दिन
म निसासिएको आवाज बन्न चाहन्न
यस्तै नाराका चित्कार बन्दै बलिरहन्छ
मेरो कविता ।

सायद मेरो कविता
एउटी देशभक्त नारीको प्रण हुन् कि
चिच्च्याईहरू सुनिरहन्छु
बस् सुनिरहन्छु
सुनसान प्रसूति भइरहेको आवाज जस्तै ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...