back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ भदौ २५ शनिवार

843 

shares

बेदु न्यौपाने, काठमाडौं


सुन जुरेली
गाउँ नाचौ सबैले
लोक सुसेली ।


चेली पर्वको
हटि गयो माहोल
बर्ष दिनको ।


पानी हटेर
गयो बर्खाको भेल
बाटो कटेर ।


आफ्नै नगर
फोहोरको थुप्रोले
भयो बगर ।


घे¥यो चाडले
धनी सँगै गरीब
मान्छ बाध्यले ।


सोह्र श्राद्ध ता
पित्री तार्न जानेछन्
तिर्थ बाध्यता ।


भयो बदर
कहाँ हुन्छ पदको
आज कदर ।


आयो मंसिर
चुनावको माहोल
हुन्छ रहर ।


पानी पर्दैछ
चुनावको माहोल
अघि सर्दैछ ।

१०
जन झुक्याए
हुन्छ सबै मीलेर
नेता पुक्याए ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...