back
CTIZAN AD

लघुकथा : उज्यालो नेपाल

वि.सं.२०७९ भदौ २५ शनिवार

792 

shares

वसन्त अनुभव, घोराही उपमनपा १४, दाङ

खुला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियोे । सरकार ’लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।
‘नेपाल बिजुली बत्तीमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष … मेघावाट बिजुली त हामीले छिमेकी मुलुक भारतमा मात्र निर्यात ग¥यौँ ।’ उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।

‘अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ । चौबिसै घण्टा उज्यालो हुनेछ । तपाईंहरू जतिसक्दो धेरै विद्युत खपत गर्नोस् । विद्युत महसुल पनि घटाउँछौँ ..।’ मन्त्री माइकमा बडो जोसका साथ बोल्दै थिए । बत्ती झ्याप्प गयो । माइक पनि बन्द भयो ।

‘यस्तो विशेष कार्यक्रममा चार्जेबल लाउड स्पिकर ल्याउनु पर्दैन् ? वैकल्पिक ब्याट्रीको व्यवस्था गर्नु पर्दैन् ? लापरबाही गर्नुको पनि हद हुन्छ नि, यार !’ मन्त्रीज्यू आयोजक तर्फ खनिँदै थिए ।

 

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...