back
CTIZAN AD

कविता : गौँडाहरू !!

वि.सं.२०७९ भदौ २५ शनिवार

957 

shares

कलानिधि दाहाल, काठमाडौं

जीवन
एउटा गौँडो
गौँडो
असङ्ख्य जीवन
कनीकुथी
एउटा उक्लौँ
अर्को आउँछ
अर्को उक्लौँ
अनगिन्ती
ओराला पनि
गौँडा बन्न पुग्छन्
सिसफसझैँ
उक्ले पनि झरिन्छ
झरे पनि चढिन्छ
चढ्नु
र झर्नाका असवाफ
अप्ठेरो भरेङ् नै त
विराट् विश्व रहेछ
हातभरि
ठेला उठेको गौँडो
पेट
अटेस्मटेस् अघाएर
झुसिला डकारले बनेको
गौँडो
आखिर राज्यव्यवस्था भन्नु नै
कुण्ठा
हत्कडी
चोरचमार
र डाकुहरूका
काला मन निर्मित
एउटा फलामे
तारको गौँडो रहेछ
समाज !

यिनै गौँडामा अल्झेपछि
तपाईं
कहिल्यै उक्लनु हुन्न
–सगरमाथा
कहिल्यै माँझ्न सक्नुहुन्न
– अन्धविश्वास
कहिल्यै आकार फेरेर
चढ्न सक्नु हुन्न
– सेतो सिर्जनाको संसार
हिमालको हुरीमा
– गौँडहरू रहन्नन्

छिनाल्दै कुण्ठाका डोरीहरू
चुडाल्दै अन्यायका हत्कडीहरू
टुक्राउँदै
चोरचमार
र डाकाहरूका
भित्री काला साङ्लाहरू
एउटा
सुकिलो बिहानको
सेतो डबली
दिनदहाडै निस्कनु छ
खनेर कहिल्यै सकिन्न
स्वार्थको बारी
पारिवारिक चाहनाको छहारी
पत्नी
पति
र छोराछोरी
अनि आफन्तका फूलबारी
यी त
आफैँमा कहिल्यै पार नहुने
कडा पत्थरका
गौँडाहरू हुन्
देश रट्नेका नायकजस्तै
आमाबाबु घोक्नेका
मनका पोयाजस्तै
पल्पल
लाम लागेर
मनका साङ्लाहरू लहरिन्छन्
देश सकिएको
कतै देख्नु भएको छ र ?
बाबुआमाका
घाँटी सुकेका
कतै भेट्नु भएको छ र ?
यी त
निवृत्तिभरण हुन्
एकपछि अर्कोले पाउँछ
यिनै गौँडामा अल्झेपछि
तपाईं
कहिल्यै उक्लनु हुन्न
–सगरमाथा
कहिल्यै माँझ्न सक्नुहुन्न
– अन्धविश्वास
कहिल्यै आकार फेरेर
चढ्न सक्नु हुन्न
– सेतो सिर्जनाको संसार
हिमालको हुरीमा
– गौँडहरू रहन्नन्
तूफानका तारमा
– आफन्त हुन्नन्
उजेलो मनको
घरभित्र
कुनै करतुतका
गौँडा बन्न सक्दैनन्
उठ्नोस्
अलिकति माथि
– हिमालको हुरीझैँ
– तूफानको तारझैँ
– उजेलो मनको घरझैँ
सिर्जनाको
चकाचौध डबली
हात फैलाएर
अङ्कमालको
छाती उभिरहेछ !!

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...