back
CTIZAN AD

पर्याकविताः बादलको मृत्यु भएको क्षण

वि.सं.२०७९ भदौ २५ शनिवार

894 

shares

कृष्ण बाउसे

कहिले बाफिएर उड्दै गर्मीले
कहिले चिसिएर तल झर्दै ओसले
देखाउँछु नृत्यका विविध झाँकीहरू
आफ्नो निजी स्वार्थलाई तीलाञ्जली दिएर ।
बदलामा
दर्शकको माया बर्सेला भन्ने कत्रो विश्वास हुन्छ
तर सचेत दर्शक ठानिएको मान्छेले
साँच्चै माया गरेर
मलाई अँगालोमा बेरेकोभए मरीजानू !

मेरो महिमा बुझेको विज्ञानले नै पनि
आजसम्म
मेरा ओठ चुमेकोभए मरिजानू !

चिसो र तातोले कलह मच्चाउँदा
वा हावाले दौडको बाजी लगाउँदा
देख्नुभएको होला मलाई चाँडो चाँडो कुदेको
र बुझ्नुभएको होला धमिलो बुझ्नेले
कालो धुवाँसँग मेरो मिलन भएको
कार्बनको दुर्गन्धले मेरो साथ पाएको ।

तल जमिनमा
मानवनिर्मित कारखाना,बाहन र विविध
भट्टीहरूले ओकलेको कालो धुवाँका कारण
मलाई अर्बुद र क्षयरोगले सताएको
मलाई मात्र थाहा छ
र थाहा छ मेरो सारथि हावालाई ।
त्यो निराकार परोपकारी
जो थल्लिएको छ मभन्दा बढी नै
उहीँ रोगका कारणले ।

ए, उन्नतिको शिखरमा पुगेको भ्रम पालिरहेको जीव !
तिमीले
किन यति सरल कुरा पनि नबुझेको ?
मेरो सहकर्मी हावा
वा स्वयं म बादलको मृत्यु भएको क्षण
तिमीले
कुनै पनि हालतमा
जीवित पाउने छैनौ स्वयंलाई ।

 

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...