विपिन अगस्ति, इलाम, हाल काठमाण्डौ
उता बैंसालुका इशाराहरू छन्,
यता के भनौं खै तगाराहरू छन् ।
उकालो छ बाटो छ यात्रा निरन्तर,
भँगाला तरेमा किनाराहरू छन् ।
चलेको छ जीवन यो मार्ग अनौठो,
यहाँ हर कदममा उधाराहरू छन् ।
छ बाटो घुमौरो छ काँडा तथापि,
अभरमा समाउने सहाराहरू छन् ।
अझै एक सागर छ सम्भावनाको,
समाउन बाँकी सिताराहरू छन् ।
वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४४ मा प्रकाशित






























