back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ भदौ २५ शनिवार

1.2K 

shares

रोशनी गिरी, सुनसरी


आफ्नै भाग्य खोटो छ दिन्न कसैलाई दोष
मेरो कुभलो चिताउनेको नि सधैं भलो होस
दुइचार जना शत्रु लाग्दैमा फरक पर्दैन मलाई
कहिले पनि मेरो खुशिमा दैव चाहिँ नलागोस


दुख्दो रै’छ मुटू कहिले काहीँ पराई बन्दा त
नजिक हँुदा राम्रो पर बसि खोइरो खन्दा त
मलाइ ती पराई नै प्यारो लाग्छ आजभोली
दिन सकुञ्जेल नजिक हुने आफन्त भन्दा त


जसले हुर्कायो, बढायो र पढायो ज्यान दिएर
पुग्दैन कहिले मुखले मात्र गुणगान दिएर
बर्षभरी रुवाउने वास्तै नगर्ने त्यो सन्तानले
खुशी होला र बा’को मन एकदिन सम्मान दिएर ?


ननिभ्ने गरि यो प्रेमको दियो बालेर राख्नु
भत्किएला कहि कतै मायाले टालेर राख्नु
सम्बन्ध सिसा जस्तै हो, टुटेपछी जोडिदैन
त्यसैले सधैंभरि प्रिय मान्छे सम्हालेर राख्नु


यो दुनियाँ हेर्दा मात्रै हो रंगिन जान्दाजान्दै पनि
हुने छ पाप धर्मको छानबिन जान्दाजान्दै पनि
किन हो कुन्नी घमण्ड गर्छन यी मान्छेहरू सधैं
मर्नुपर्छ सबैले यहाँ एकदिन जान्दाजान्दै पनि

 

वि.सं.२०७९ भदौ २५ शनिवार ०८:०२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...