दाङ्ग । लेखक सङ्घ दाङको आयोजनामा कवि डा.हिमलाल पन्थीद्वारा लिखित आमा नामक कवितासंग्रहको घोराहीमा विमोचन गरिएको छ ।
लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयाँको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, लेखक सङ्घ दाङका सल्लाहकारहरू उत्तमकृष्ण मजगैयाँ, शङ्कर पौडेल, प्रा.डा.शिवकुमार सुवेदीको विशिष्ट आतिथ्यमा सन्चालित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक श्रीधर मजगैयाँले उक्त कृतिको विमोचन गरेका थिए भने समीक्षा साहित्यकार डा. कृष्णराज डीसीले गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू मकुश पन्थी, पूर्व प्राचार्य माधव न्यौपाने, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, प्रलेस नेपालका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समिर, साहित्यकार गणेश विषम, बालकवयित्र विणा दाहाल, कृतिकार डा.हिमलाल पन्थी, प्रमुख अतिथि प्राध्यापक श्रीधर मजगैयाँ, विशिष्ट अतिथिहरू शङ्कर पौडेल, पुरुषोत्तम खनाल, प्रा डा शिवकुमार सुवेदी, उत्तमकृष्ण मजगैयाँ लगायत साहित्यकारहरुले शुभकामना दिएका थिए ।
लेखक सङ्घ दाङका सदस्य हरिप्रसाद पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संचालन गोविन्द पौडेलले गरेका थिए।
वि.सं.२०७९ भदौ २६ आइतवार १४:१६ मा प्रकाशित






























