back
CTIZAN AD

महिला डाक्टरले आफ्नै हस्पिटलमा काम गर्ने सरसफाई कर्मचारीलाई रोजेपछि…

वि.सं.२०७९ भदौ ३० बिहीवार

1.9K 

shares

काठमाडौं । पाकिस्तानको एउटा अचम्मको घटना मिडियामार्फत बाहिर आएको छ । यो खबर थाहा पाएपछी धेरैले मायालाई अन्धो हुन्छ भन्ने टिप्पणी गरेका छन् । मायाले न त जात-पात देख्छ, न धनी–गरीब देख्छ। पाकिस्तानसँग जोडिएको एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ जहाँ एक महिला डाक्टर एक सफाई कर्मचारीसँग प्रेममा परे र उनीहरूले विवाह गरे।

यी विवाहित जोडी ओकारा जिल्लाको दिपालपुर निवासी हुन् । यहाँ एक महिला डाक्टर सरसफाई कर्मचारीसँग प्रेममा परेकी महिला डाक्टरले उनलाई प्रस्ताव राखेकी थिइन् । त्यही क्रममा दुवैको प्रेम यति बढ्यो कि प्रेम विवाहमा परिणत भयो । तपाईलाई पत्यार नलाग्न सक्छ तर, यो सत्य हो ।

मिडिया रिपोर्टका अनुसार सफाई कर्मचारीको नाम शहजाद हो भने महिला डाक्टरको नाम किश्वर साहिबा हो। रिपोर्टका अनुसार दुबैले किश्वर भिलेज भ्लग नामको युट्युब च्यानल पनि बनाएका छन् । हो र यस च्यानलमा उनीहरू विभिन्न प्रकारका भिडियोहरू सेयर गरिरहन्छन्।

रिपोर्टका अनुसार जब उनले बिहे गरे तब उनको ‘मेरे पाकिस्तान’ नामको युट्युब च्यानलले एक अन्तर्वार्ता पनि लिएको थियो, जसमा शहजादले आफ्नो जीवनमा हमसफर बनेर डाक्टर आउँछन् भन्ने सोचेको पनि थिएनन् । उता, किश्वर साहिबा अर्थात् डाक्टरले आफुलाई शहजादको व्यक्तित्व निकै मन परेको बताएकी छिन् । उनले शहजादमा आफुले खोजेको सबै भेटिएको पनि बताएकी छिन् । एजेन्सीबाट

वि.सं.२०७९ भदौ ३० बिहीवार १३:०४ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...