Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

महिलाहरु कस्ता स्वभावका पुरुष मन पराउँछन् ?



काठमाडौं । महिलाहरू कस्ता पुरुष मन पराउँछन् भन्ने आफैंमा जटिल छ । किनकी सबै महिलाहरुको रुची एकै प्रकारको हुँदैन् । जसका कारण महिलाहरुले फरक–फरक स्वभावका पुरुषहरु रोजिरहेका हुन्छन् । तथापी केही साझा कुरा हुन्छन् जुन धेरैलाई मन पर्ने किसिमको हुन्छ । यहाँ त्यही आधारमा महिलाहरू कस्ता पुरुषलाई रुचाउँछन् त भन्ने जिज्ञासाको उत्तर पहिल्याउने प्रयास गरिएको छ ।

एक अध्ययनका अनुसार महिलाहरू पुरुषको लुक्सबाट भन्दा व्यवहारबाट बढी प्रभावित हुन्छन् । साथै उनीहरुको क्षमता, व्यक्तित्व, रोमान्टिक स्वभावलगायतबाट पनि प्रभावित भएका हुन्छन् । जान्नुहोस् महिला के–के कुराबाट प्रभावित हुन्छन् ?

१. बुद्धिमान : महिलाहरू बुद्धिमान् पुरुषसँग छिटै प्रभावित हुन्छन् किनभने उनीहरू त्यस्ता पुरुषसँग हरेक कुराको जवाफ हुन्छ भन्ने ठान्छन् । उनीहरू त्यस्ता पुरुषहरूबाट सकारात्मक प्रतिक्रिया पाइने भएकाले पनि बढी मन पराउँछन् । बुद्धिमान् पुरुषहरू घन्टौंसम्म झर्को नलाग्ने गरी रमाइला कुराकानी गर्न सक्छन् कारणस्वरूप महिलाहरूको मन पग्लन्छ । बुद्धिमान् पुरुषहरूलाई के थाहा हुन्छ भने सम्बन्ध कायम राख्नका लागि बुद्धिमत्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले उनीहरू महिलाहरूसँगको सम्बन्धमा यस्तो खुबीको प्रयोग गर्छन् र उनीहरूकोमन जित्छन् ।

२. आत्मविश्वासी : आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इष्र्या गर्छन् न त आफ्नो प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन् । उनीहरू हरहमेसा सकारात्मक सोचाइ राख्छन् । महिलाहरू यस्ता पुरुषहरूको पछि लाग्छन् किनभने आत्मविश्वासी पुरुषहरू कहिल्यै पनि महिलालाई आफूप्रति आकषिर्त गर्नतिर लाग्दैनन्, उनीहरू केवल आफ्नो कुरा गर्छन् । अचम्म के भने महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।

३. व्यक्तित्व : कलात्मक व्यक्ति सहज हुन्छन् र उनीहरू हरेक पल जीवन्त बाँच्छन् । प्रायः उनीहरू महिलालाई प्रभाव पार्नका लागि आफ्नो कलात्मकताको प्रयोगमा रुचि राख्छन् र महिलाहरूलाई नै आफ्नो कलाको स्रोत मान्छन् । महिलाहरू यस्ता कलात्मक दिमाग भएका पुरुषको प्रशंसा गर्छन् भने उनीहरूको साथ रहँदा सहज महसुस गर्छन् ।

४. विचार : जो महिलाका लागि कारको ढोका खोलिदिन्छन्, बस्न कुर्सी अगाडि सारिदिन्छन्, आउटिङ जाँदा बिल तिर्छन् अनि हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । महिलाहरूलाई आफ्नाे व्यवहारमार्फत् विशेष सम्मान दर्शाउन प्रयास गर्ने यस्ता विचारशील पुरुषलाई महिलाहरू पार्टनरका रूपमा औधि मन पराउँछन् । यस्ता पुरुषहरू हरेक काम गर्नुअघि यसमा आफ्ना अगाडिका महलिालाले के सोच्ने हुन् भन्ने कुरा विचार पुर्‍याउँछन् ।

५. रोमान्टिक स्वभावस : रोमान्टिक पुरुषहरू क्लासिक रोमान्समा बढी विश्वास राख्छन् । उनीहरू महिलाका लागि चकलेट ल्याउन, फूल दिन तथा उनीहरूका साथ क्यान्डल लाइट डिनर गर्न रुचाउँछन् । उनीहरू आफ्ना पार्टनरलाई आफूले दिनमा कतिपटक उनीहरूका बारेमा सोचियो, आफूलाई उनीहरूका केकस्ता व्यवहार एवं हाउभाउले लोभ्याउँछन् भन्नेजस्ता कुराकानी गर्छन् । यस्ता पुरुषलाई पनि महिलाहरू विछट्टै मन पराउँछन् । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको