back
CTIZAN AD

पहिलो पटक घोडा विषयमा ‘हाइकु’ वाचन

वि.सं.२०७३ चैत १५ मंगलवार

831 

shares

१५ चैत, काठमाडौँ। नेपालमा घोडेजात्राको अवसरमा घोडा विषयमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ ।

घोडेजात्राको अवसरमा सोमबार नेपाल हाइकु केन्द्रबाट पहिलो पटक ‘घोडा’ विषयमा सातदोबाटो, ललितपुरमा आयोजना गरिएको हाइकु वाचन कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रसिद्ध साहित्यकार तथा हाइकुकारले घोडासम्बन्धी ‘बिम्व’ राखेर रचना गरिएको हाइकु कविता वाचन गरेका थिए ।

उक्त अवसरमा कला र कविताको सङ्गम ‘हाइगा’ विशेष नेपाली हाइकु पत्रिका विमोचन गरिएको थियो । हाइकु जापानी शैलीमा लेखिएको तीन हरफको कविता हो ।

हाइकु वाचन गर्ने साहित्यकार तथा प्राध्यापक रामकुमार पाँडे, गुप्तबहादुर श्रेष्ठ, लालबहादुर भुजेल, मङ्गलनारायण जोशी, विष्णुबहादुर श्रेष्ठ, सुष्मा मानन्धर, बमबहादुर जीताली, धर्म राजकर्णिकार तथा अतृप्त पाण्डेले हाइकु कविता वाचन गर्नुभएको प्राध्यापक पाँडेले जानकारी दिनुभयो ।

प्रसिद्ध यौन साहित्यकार पुस्कर लोहनीले नेपालमा हाइकुको राम्रो सम्भावना रहेकाले यसको विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभयो । नेपालमा पहिलो पटक विसं २०१९ मा शङ्कर लामिछानेले यस किसिमको कविता लेख्नुभएको थियो ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०५:५८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...