back
CTIZAN AD

तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७३/७४ हुदै

वि.सं.२०७३ चैत १५ मंगलवार

846 

shares
bhaktpurसुर्य चन्द, काठमाडौँ ।  “नया बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ यहि आउदो चैत २२ गते देखि बैशाख २ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ  ।
लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा तेस्रो पटक तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ आयोजना हुन लागेको हो l यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो  ।  भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दिपक थापाले दिए साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए ।
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोक दोहोरि गित समेत प्रस्तुत हुनेछ।  मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ  ।
तेस्रो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए ।
उक्त पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टल संयोजक बिनोद जैसवालको समेत उपस्थिति रहेको थियो  ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०७:४७ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...