back
CTIZAN AD

सर्वसम्मत नेतृत्व चयन गर्दै तमु समाज बेल्जिययमको  नवौं अधिबेशन सम्पन्न

वि.सं.२०७३ चैत १५ मंगलवार

846 

shares

tamusamaj3एन्ट्वेर्पेन बेल्जियम । बेल्जियम नेपाली समुदाय माझ पुरानो र सशक्त सामाजिक संस्थाको रूपमा स्थापित तमु (गुरुङ) समाज बेल्जियमको नवौँ अधिबेशन बेनेल्क्सका महामहिम राजदूत श्री लोक बहादुर थापाको मुख्य अभिभावकत्वमा उद्घाट्न समारोह सम्पन्न भयो ।

अध्यक्ष जिबन गुरुङको अध्यक्षता रहेको अधिबेशनको पहिलो सत्रलाई ज्येष्ठ सदस्य चन्द्र माया गुरुङ (८३), एनआरएनएका केन्द्रिय पदाधिकारीहरु, राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरु र ठुलो सँख्यामा बेल्जियमका बिभिन्न भागबाट सहभागि हुन आएका प्रतिनिधि पर्यबेक्षकहरुको उपस्थितिले शोभायमान बनाएको थियो ।

संस्थाकाtamusamaj4 का बा महासचिब अरबिन घलेद्वारा सँचालित कार्यक्रममा उपाध्यक्ष काजी गुरुङले पाहुनाहरुलाई स्वागत गरेका थिए भने संस्थाको स्थापनाकाल सन २००० देखि हाल सम्मका उपलब्धिहरुलाई सँक्षेपमा संस्थाका अग्रज जानकी गुरुङले प्रस्तूत गरेका थिए । सबै बिशिष्ट पाहुनाहरुले मन्तब्य दिने क्रममा संस्थाको योगदान र साखको प्रशन्सा गर्दै नयाँ बन्ने कार्यसमितिलाई अग्रिम शुभकामना दिएका थिए ।

दोश्रो चरणको बन्द सत्रमा महसचिबको तर्फबाट प्रस्तूत प्रगति प्रतिबेदन, निति तथा कार्यक्रम र कोषाध्यक्ष राम घलेद्वारा प्रस्तूत आर्थिक प्रतिबेदनलाई घनिभूत छलफल, चर्का चर्की बहश र आबस्यक परिमार्जन सहित पारित गर्यो । बन्द सत्रले बिधानको समेत सामान्य सँसोधन गर्दै आन्तरिक तथा बाह्य निति कार्यक्रमहरु पारित गर्यो ।
संस्थापक अध्यक्ष मिन गुरुङ सहित युबराज गुरुङ, जानकी गुरुङ, बालेन्द्र गुरुङ, नन्दु घले, गम बहादुर गुरुङ र होम गुरुङ रहेको ७ सदस्सिय अध्यक्ष मण्डल माझ जिबन गुरुङ नेत्रित्वको पुरानो कार्य बिघटन पश्चात नयाँ समिति निर्माणको लागि बाटो खुलेको थियो ।

tamusamaj1
अध्यक्ष मण्डलको लगातार प्रयास पछी सर्बसम्मत रूपमा सबै क्षेत्र र आवश्यकतालाई मध्य नजर राख्दै बन्द सत्रले नयाँ समिति चयन गर्यो ।
तमु समाज बेल्जियमको सम्पन्न नवौ अधिवेशनले सर्बसम्मत रूपमा पुन: जीवन गुरुङ्गको अध्यक्षतामा दुर्गा ( नन्द) तमुस्यो वरिष्ठ उपाध्यक्ष, राम घले र ओम राज गुरूंग उपाध्यक्षद्वय, सूर्य गुरुङ महासचिव, अनिता घले सचिव, सहकोषाध्यक्ष कमला तमुस्यो र क्षेत्रगत रूपमा सदस्यहरू सहित सत्र सदस्यीय कार्यसमिती चयन गर्यो ।

कार्यसमिति घोषणा पश्चात संस्थापक अध्यक्ष मिन गुरूंगद्वारा तमू भाषामा सपथ ग्रहण गराइएको थियो ।

tamusamaj2
बन्द सत्रले घनिभूत छलफल गरी नवौं अधिबेशनको सँकल्प सहित ११ बुँदे घोषणा पत्र समेत जारी गर्यो ।

१, तमु समाजलाई बेल्जियम नेपाली समुदाय माझ थप जिम्मेवार र उत्तरदायी बनाउन समय सापेक्ष पारीमार्जित निति तथा कार्यक्रमहरु अबलम्बन गराउदै जाने ।
२, नेपालका तमु (गुरुङ) अभिभाबक संस्था र जनजाति महासंघको प्रबाश निति र कार्यक्रमहरुलाई प्राथमिकता दिदै जाने ।
३, ईपरमा गोर्खाजहरुको सम्मानमा वार्षिक रूपमा गरिदै आएको श्रद्धान्जली कार्यक्रमलाई थप ब्यबस्थित गर्दै जाने ।
४, संस्थाको आफ्नै भवन खरिद गर्ने बिषयलाई प्राथमिकता दिने ।
५, नेपालको प्रबर्द्दनमा संस्थाले दिदै आएको योगदानलाई अरु अभिब्रिद्धि गर्दै जाने । नेपाल सरकार मार्फत बेल्जियममा हुने कार्यक्रमहरुलाई भरपूर सहयोग समर्थन गर्ने ।
६, सामाजिक शोषणका रूपमा पीडित ब्यक्तिहरुलाई संस्थाको सँयन्त्र मार्फत राहत पुर्याउन गरिदै आएको अधिकतम प्रयत्नलाई निरन्तरता दिँदै स्थानिय सरकारसँगको सहकार्यलाई सामाजिक अन्तर्घुलनका कार्यक्रमहरुमा बढावा दिने ।
७, बेल्जियममा तमु समाज र बेल्जियम नेपाली समुदायलाई ‘ईथनिक माइनोरिटी’ को मान्यता दिलाउन अन्य संघ संस्थाहरु सँग आबस्यक परामर्श गरेर आबस्यक कार्यको पहल गर्ने ।
८, जनजाति महासंघ बेल्जियमलाई सकृय र रचनात्मक कार्यक्रमका साथ अघि बढाउन अरु थप कृयाशिलता जनाउने ।
९, एनआरएन बेल्जियमलाई नेपालीहरुको साझा सामाजिक संस्थाको रूपमा थप प्रभावकारी बनाउन संस्थाले रचनात्मक सकृय सहयोग बढाउने ।
१०,तमू सास्कृतिक प्रतिष्ठान नेपालद्वारा सँचालित छात्रवृत्ति कार्यक्रमलाई संस्था र ईश्वरी+राज गुरूङको तर्फबाट एक एक बिध्यार्थी प्रायोजन गरेर क्रमश अन्य दाताहरुको खोजी गर्दै जाने ।
११, अधिबेशनमा प्रमुख अभिभाबकको रूपमा सहभागि जनाउनु हुने महामहीम राजदूत लोक बहादुर थापाज्यु लगायत एनआरएनए र अन्य संघ संस्थाहरुका प्रतिनिधिहरु, पत्रकारहरु र शुभेच्छुकहरुमा अधिबेशन आयोजक समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०८:३८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...