back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ असोज १ शनिवार

1.6K 

shares

शरद प्रधानाङ्ग, विराटनगर, मोरङ


लज्जा नै उध्रिएपछि ढाकिएको पर्दा अर्थ के रह्यो,
चिप्लेर लडेपछि आधा बाटोमा झर्दा अर्थ के रह्यो,
मूल्याङ्कन आफैले होईन दुनियाँमा अरूले गर्छ,
जिउँदै किस्ता किस्ताको तडपन मर्दा अर्थ के रह्यो ।


आवश्यकता भन्दा ठूलो केहि हुँदैन संसारमा,
आवरणले भोको आँतलाई छुँदैन संसारमा,
परिश्रम नै शक्ति हो शक्ति संचित गरौं सबैले,
हिम्मत र आँट हुनेको आँखा रूँदैन संसारमा ।


तिमीले र मैले देखेको सपना अलि फरक रहेछ,
म त यसै बदनाम थिएँ तिम्रो तडकभडक रहेछ,
सम्हालिन आफैलाई कति गाह्रो भयो जिन्दगी,
आज स्वार्थले थाहा भयो जिन्दगी सबक रहेछ ।


संघर्ष हो जीवन, कहिले अँध्यारो कहिले उज्यालो हुन्छ,
चम्किन्छ जून अनि ताराहरू आकाशमा रात कालो हुन्छ,
सहनुपर्छ जिन्दगीमा कैयौं चोटहरू नदीले पाए जस्तै,
अहम् नगर्नु महोदय आज तिम्रो भोली मेरो पालो हुन्छ ।


विद्वान हुँदैन कोहि कालो कपाल सेतो पाक्यो भन्दैमा,
कलियुग हिजोआज विहान हुँदैन भाले बास्यो भन्दैमा,
जीवनलाई हरेक पाइलामा गोडमेल र मलजल गर्नुपर्छ,
कहाँ नेतृत्व परिपक्व हुन्छ तिनपाने तान्यो भन्दैमा ।

वि.सं.२०७९ असोज १ शनिवार ०८:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...