back
CTIZAN AD

छन्द कविता : सपना

वि.सं.२०७९ असोज १ शनिवार

1K 

shares

राजेन्द्रकुमार बज्राचार्य, काठमाडौं

मनका सपना अनेक छन्, सबल जिन्दगीको ।
सपना मनको प्रवेशमा,अटल बन्छ है त्यो ।।
सपना नरको प्रतीक होस्, प्रगतिशील भाव ।
धनमा मनको लगाव होस्, कति नहोस् अभाव ।।१।।

सपना नरहे त जिन्दगी, कठिन हुन्छ बाँच्न ।
सपना सब ती मियो बनी, सब अगाडि जोड्न ।।
जब जीवनयन्त्र बन्छ यो, अब सदैव मोड्न ।
परिवर्तन हुन्छ जिन्दगी, प्रगति मार्ग हिड्न ।।२।।

जब जीवनको प्रकाश भै, ल जगमा उदाई ।
सबको मनमा निबास भै, ढुकढुकी जनाई ।।
सपना जब जिन्दगी रहे, सुपथको छनौट ।
कति जीवन उच्च बने यहाँ, प्रगतिको बनौट ।।३।।

जब जीवन लक्ष्य बने यहाँ, अवनिको छ यात्रा ।
जब पूर्ण बनेर खडा भए, हर प्रभाव मात्रा ।।
सपना जपना बिपना बने, मनुजको प्रभात ।
ममता जगमा नि पलाउँला, तनुजको छ बात ।।४।।

छन्द : अतिशायिनी
गणः स स ज भ ज गु गु
संकेतः ।।ऽ ।।ऽ ।ऽ। ऽ।। ।ऽ। ऽ ऽ
यतिः १० अक्षरमा ।

वि.सं.२०७९ असोज १ शनिवार ०८:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...