back
CTIZAN AD

छन्द कविता : कर्म र सुख

वि.सं.२०७९ असोज १ शनिवार

762 

shares

दीनानाथ पोख्रेल, इलाम

विचलित मनले ।
विगलित तनले ।।
कृत पथ पर भो ।
बह अनि घर भो ।।०१।।

नर जति पर छन् ।
विचलित दिल झन् ।।
सुख पथ थुनियो ।
मन अनि कुँडियो ।।०२।।

रिस मन चुलियो ।
कृत सब भुलियो ।।
भय रह दिल भो ।
कृत बल तल गो ।।०३।।

परिजन मनले ।
श्रमपथ म बढेँ ।।
त्रय दस दिनमा ।
ऋण सब शिरमा ।।०४।।

श्रम गति पथमा ।
अविरल भवमा ।।
श्रम जति म भरूँ ।
त्यति सुख म जडूँ ।।०५।।

प्रकटित सब हुन् ।
वचन त जति छन् ।।
सरल छ पथ यो ।
फल टिप मन हो ।।०६।।

ढुलमुल पनका ।
कल छल मनका ।।
सब पर म गरूँ ।
शुभपथ म धरूँ ।।०७।।

सुललित पथ होस् ।
गिरि सम मन होस् ।।
कृत गति कर होस् ।
नरहित मति होस् ।।०८।।

तब फल घरमा ।
अतुलित दरमा ।।
कृत जति सिकियो ।
फल त्यति टिपियो ।।०९।।

कृत लय सँंग भो ।
मन सुखमय भो ।।
हरपल सुख त्यो ।
नर मनसँग भो ।।१०।।

छन्द : मधुमती
गण : न न गु
सङ्केत : III       III        S

वि.सं.२०७९ असोज १ शनिवार ०८:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...