back
CTIZAN AD

छेस्का/कविता

वि.सं.२०७९ असोज १ शनिवार

705 

shares

नरेश नेपाल,पोखराथोक, माडी पाल्पा ।

१.
मुसा मोटाइ
हात्ति भएको
छ कतै भाइ ?

२.
मल नहुँदा
कस्ले पो सुन्यो
किसान रुँदा

३.
मंसिर चार
आउँदैन है
त्यो बारम्बार

४.
बासी मुहार
उनी नै फेरि
उम्मेदबार !
५.
भजन गान
प्रिय पात्रको
आउला नाम

६.
जहाँ जङगल
बुझ्नु है साथी्
त्यहाँ मंगल

७.
अचम्म खेल
आफ्नो टाउको
अर्काको बेल

८.
मै हुँ भनेर
कुर्सिमा बस्ने
बिटो गनेर
९.
नभन्नु किन ?
यी नेता देख्दा
लाग्दछ घिन

१०.
नमिल्दा बिलो
अन्त्यमा कतै
नहोस् है पिलो

 

वि.सं.२०७९ असोज १ शनिवार ०८:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...