back
CTIZAN AD

इसेवाको सीइओमा खड्का नियुक्त

वि.सं.२०७९ असोज १२ बुधवार

717 

shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन् । इसेवाको सञ्चालक समितिले चाटर्ड एकाउन्टेन्ट खड्कालाई सीइओमा नियुक्त गरेको हो ।

अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयताको सपथ गराएपछि खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेको इसेवाले जनाएको छ ।

बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा खड्कासँग १२ वर्षभन्दा बढीको अनुभव छ । यसअघि उनी एफवान सफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशक थिए ।

कार्यभार सम्हाल्दै खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु ।’

सञ्चालक समितिले निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा ले सीइओ पदबाट दिएको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । उनी कम्पनीको बोर्ड सदस्यमा भने रहने छन् ।

कम्पनीका अनुुसार इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १५:२३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...