back
CTIZAN AD

राष्ट्रपति जेलिन्स्किीद्धारा युक्रेनलाई सहयोग गर्न फ्रान्स समक्ष आग्रह

वि.सं.२०७९ असोज १२ बुधवार

885 

shares

किभ । युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिकलगायतको अवस्था कमजोर हुँदै गएको छ ।

हाल पश्चिमा देशले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियचरसमेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उनले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे ।

सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाको बारेमा फ्रान्सलाई जानकारी गराएको र उनीहरुका बीचमा युक्रेनका लागि हाल गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।

युक्रेनमा रुसको आक्रमणका विरुद्धमा फ्रान्सले पनि युक्रेनलाई विगतदेखि सहयोग गर्दै आएको छ । गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो । सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ ।

रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गरेको युक्रेनके यो दोस्रो पटकको भ्रमण हो । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ असोज १२ बुधवार २०:२३ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...