back
CTIZAN AD

आवश्यक औषधिमा पहुँच नदिएको भन्दै इरानद्धारा अमेरिकासहित पश्चिमा देशको आलोचना

वि.सं.२०७९ असोज २६ बुधवार

819 

shares

तेहरान । इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् ।

सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा सामग्रीबाट हामीलाई वञ्चित गर्ने अमेरिकी कपट प्रष्ट भएको बताए । राम्ररी शिर नढाकेको अभियोगमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी महिलाहरूको पक्षमा वकालत गरेको दाबी गर्ने अमेरिकाको कपटपूर्ण व्यवहारको पर्दाफास भएको उनले बताए ।

बाइस वर्षीया अमिनीको मृत्युपछि केही पश्चिमा देशले गरेका टिप्पणी र चालेका कदमको बारेमा बोल्दै जाहरोमीले उनका ती कदमले देशका महिलाहरूलाई समर्थन गर्ने बहानामा इरानमा दङ्गा भड्काउने उद्देश्य रहेको र त्यसबाट ती देशको दोहोरो मापदण्ड प्रकट भएको बताए । उनले इरानीहरूलाई आवश्यक औषधिमा पहुँच नदिनु अमानवीय भएको बताउँदै अमेरिकासहित पश्चिमा देशको आलोचना गरे ।

प्रवक्ता जाहरोमीले डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको इरानको दूतावास परिसरमा शुक्रबार भएको आक्रमणलाई सङ्केत गर्दै इरानी राजदूत अफसानेह नादिपुर र अन्य कर्मचारीहरूलाई धम्की दिइएको थियो र सवारीसाधनमा क्षति पुगेको अप्रत्यक्षरूपमा उल्लेख गरे । उनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता हुनु र इरानमा पुनः लगाइएको प्रतिबन्धले इरानी सरकारलाई आफ्ना जनताको अधिकारको रक्षा गर्न र प्रतिबन्धहरू हटाउन थप दृढ तुल्याएको बताए ।

संयुक्त राज्य अमेरिकाले औषधि र खाद्यवस्तुलगायत मानवीय वस्तुहरू प्रतिबन्धको सूचीमा समावेश नगरेको दाबी गरे पनि इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा लगाइएको नाकाबन्दीले व्यवहारमा उसलाई त्यस्ता वस्तु आयात गर्नबाट वञ्चित गरेको छ । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ असोज २६ बुधवार १६:५८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...