back
CTIZAN AD

घनश्यामलाई त्रिभुज, प्रभु शाहलाई चापकल, युग पाठकलाई पुतली

वि.सं.२०७९ असोज २६ बुधवार

822 

shares

काठमाडौं । मंसिर ४ मा हुँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् । आयोगले तोकेको निश्चित चिन्हबाट उम्मेदवारहरुले चुनाव चिन्ह पाएका हुन् ।

एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका नेता घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन् । रुपन्देही–१ बाट उम्मेदवार बनेका भुसाललाई आयोगले त्रिभुज चुनाव चिन्ह दिएको हो ।

त्यस्तै, एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उनलाई चापाकल चुनाव चिन्ह दिएको हो । शाह रौतहट–३ बाट उम्मेदवारी दिएका छन् ।

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएकी नेतृ गंगा चौधरीले लौरो चुनाव चिन्ह पाएकी छिन् । दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी उनलाई आयोगले लौरो चुनाव चिन्ह दिएको हो ।

यस्तै, चितवन–३ मा कांग्रेसको तर्फबाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिन्ह पाएका छन् । यता, झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका युग पाठकले पुतली चिन्ह पाएका छन् ।

तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन् । यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको मेयर उठेका जोशीका छोरा दीपकले कैंची चुनाब चिन्ह पाएका थिए ।

चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारी  पौडेललाई उक्त चुनाव चिन्ह दिएको हो । पौडेलले यसअघि स्थानीय तहकाे चुनावमा भुइँकटहर चिन्ह पाएका थिए।

वि.सं.२०७९ असोज २६ बुधवार १७:२३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...