back
CTIZAN AD

माओवादी केन्द्रका नेता शर्मामाथि भएको आक्रमणप्रति गठबन्धनको आपत्ति

वि.सं.२०७९ असोज २७ बिहीवार

876 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बालकृष्ण गैरे (किसान शर्मा) माथि भएको आक्रमणप्रति गठबन्धनका जिल्ला नेताहरुले आपत्ति जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कावासोतीमा बुधबार उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिने क्रममा शर्मामाथि एमालेका जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताले आक्रमण गरेको भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।

नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्र नवलपुरकी सचिव शुष्मा खनाल र नेकपा एकिकृत समाजवादी नवलपुरका अध्यक्ष शालिकराम भट्टराईले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘शर्मामाथि चुनावी माहौललाई विथोल्ने मनसायले हारको मानसिकताबाट ग्रसित भएका प्रतिगमनका मतियार नेकपा (एमाले) का जिल्ला तथा स्थानीय तहका अराजक, उदण्ड एवं विचारबिहीन जत्थाले अपमानजनक तथा अभद्र तरिकाले हातापाईए गरी सांघातिक आक्रमण गरेकोप्रति वाम लोकतान्त्रिक गठबन्धन घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

No description available.

वि.सं.२०७९ असोज २७ बिहीवार १५:२३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...