काठमाडौं । नेपाली हिन्दुहरुको एउटा ठूलो पर्ब दसैँको बेला बैँकिङ् प्रणालीबाट आठ अर्ब रुपैंया बाहिरिएको छ । बाणीज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स सँघले बुधबार सार्बजनिक गरेको तथ्याङ्कले त्यस्तो देखाएको हो ।
सँघले सार्बजनिक गरेको तथ्याङ्क अनुसार असोज माहिनाको १४ गतेसम्ममा बैँकिङ् प्रणालीमा ४५ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा त्यसको एक हप्तापछि असोज २१ गतेसम्ममा बैंकहरुमा निक्षेप घटेर ४५ खर्ब ११ अर्बमा सिमित भएको छ ।
पछिल्ला दिनहरुमा बैंकिङ् प्रणालीमा तरलता अभाव भएर लगानीयोग्य रकम कमभएपछि बैंकहरुले कर्जा प्रवाहमा कडाई गर्दै आएका छन् । चाडबाडका बेला बैंकहरुमा निक्षेप संकलन बढ्ने र लगानी गर्ने आसमा बसेका बैंकहरु तथा बैंकले ऋण देला र कुनै व्यवसाय गरौंला भनेर बसेका सेवाग्राही दुबैलाई निरास बनाएको छ ।
सुस्तायो कर्जा प्रवाह
निक्षेप संकलनमा कमि आउँदा कर्जा प्रवाह केहि बढ्ने गरेको विरासतलाई तोड्दै बैंकहरुको कर्जा प्रवाह पनि खुम्चिएकाृे छ । असोज महिनाको पछिल्लो तथ्याङ्क अनुसार १४ गतेको तुलनामा बैंकहरुको कर्जा प्रवाह पाँच अर्बले खुम्चिएको छ ।
बैंकर्स सँघको तथ्याङ्क अनुसार असोज महिनाको १४ गतेसम्ममा बैंकिंङ् प्रणलीमार्फत ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएकोमा असोज २१ सम्मको तथ्याङ्क अनुसार ४१ खर्ब ९३ अर्ब मात्र कर्जा प्रवाह भएको छ । यो रकम अघिल्लो हप्ताभन्दा ५ अर्बले कम हो ।
वि.सं.२०७९ असोज २७ बिहीवार १५:१४ मा प्रकाशित





























