back
CTIZAN AD

डेढ शताब्दी बितिसक्दासमेत नेपाली चियाको आफ्नै प्रजाति हुन सकेन

वि.सं.२०७३ चैत १७ बिहीवार

720 

shares

teas१७ चैत, इलाम । खेती सुरु भएको डेढ शताब्दी बितिसक्दासमेत चियाको आफ्नै प्रजाति विकास गर्न नसक्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सकेको छैन ।

रैथाने प्रजाति विकास गर्र्ने प्रयास भए पनि सो विफल भएको छ । हिमालयन टी प्रोड्युसर्स एसोसिएसन ९होट्पा० नामक संस्थाले पहल थाले पनि निरन्तरता नपाउँदा निष्प्रभावी भएको हो ।

सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बीउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निष्क्रियतासँगै असफल रह्यो । यसबाहेक कसैले पनि आफ्नै प्रजाति विकासको प्रयास गरेका छैनन् ।

सन् २००४ देखि तीन वर्षसम्मको कार्यक्रम सकिएपछि फिक्कलमा अलपत्र भएको नर्सरी चिया तथा कफी विकास बोर्डलाई हस्तान्तरण गरियो । तर उचित व्यवस्थापन हुन नसक्दा त्यसको अस्तित्व नै समाप्त भयो ।

नेपालमा नै पहिलोपटक तत्कालीन बडाहाकिम गजराज सिंह थापाले इलाम चिया बगानमा विसं १९२० मा चिया रोपेका थिए । त्यतिबेलादेखिका बोट अझै पनि रहेकाले त्यसबाट आफ्नै प्रजाति निकाल्न सम्भव रहको चियाका जानकार कन्यामका काजीमान कागते बताउनुहुन्छ ।

चियाको विकासका लागि क्रियाशील चिया तथा कफी विकास बोर्डमार्फत नै दीर्घकालीन योजना बनाएर प्रयास भए अझै पनि नेपाली क्लोन निकाल्न सकिने उहाँको भनाइ छ । चियाका प्रजातिमा तक्दा ७८, तक्दा ८३, आम्बाणी एभी २ ९गुम्ती० र थोरै मात्रामा चाइनिज प्रजाति भेटिन्छन् ।

होड्पाले बगानमा बुस छनोट गर्नेदेखि भारतबाट वैज्ञानिक ल्याएर आफ्नैै ‘क्लोन’ विकास गर्न पर्याप्त प्रयास गरेको थियो । करिब एक दशक लाग्ने उक्त अभियान तीन वर्षमा छाडिएपछि नेपालको चिया विश्वमा चिनाउने अभियान असफल भएको हो ।

“अभियान पूरा भएको भए नेपालको चिया चिनाउन र बजार प्रवद्र्धनका लागि मद्दत पुग्थ्यो,े” कागतेले भन्नुभयो ।

प्रविधि विकासका प्रयास असफल

होड्पाअन्तर्गत नै रहेको हिमटेक्सले माटो परीक्षणका लागि ल्याएको सोइल टेष्ट ल्याब टी बोर्डलाई जिम्मा दियो । चिया खेतीका लागि माटो परीक्षण अनिवार्य भन्दै बोर्डले फिक्कलस्थित चिया विस्तार आयोजनामा ल्याब राखेको छ । ल्याबमा चिया खेतीका लागि खासै माटो परीक्षण गर्न किसान आएनन् । दक्ष जनशक्ति अभावमा ल्याब प्रभावकारी हुन सकेको छैन ।

चिया अनुसन्धान, माटो परीक्षण, टी टेस्टिङजस्ता कार्यका लागि प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनको तयारी भइरहेको चिया तथा कफी विकास बोर्डका बिर्तामोडस्थित क्षेत्रीय कार्यालयका निर्देशक इन्द्र अधिकारी बताउनुहुन्छ ।

पछिल्लो समय केन्द्रीय चिया सहकारी सङ्घ र जिल्ला सहकारीले कृषक तहमा पुगेर गुणस्तरीय उत्पादनका लागि पहल गरिरहेका छन् । चिया खेती प्रवद्र्धनका लागि टी बोर्डलगायत विभिन्न संस्थाले महत्वकाङ्क्षी योजना अघि सारे पनि उपलब्धिमूलक परिणाम नदेखिएको कृषकको गुनासो छ ।

चियाको प्रविधि विकासमा गरिएको लगानी खेर गइरहेको र कृषकले सहुलियत ऋण, दक्ष जनशक्ति, बजार अनिश्चिताको अभाव सधैँ खेपिरहनुपरेको साँखेजुङका चिया कृषक नवराज दाहाल बताउनुहुन्छ ।

मुलुकमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चियाको राजधानी भनेर चिनिए पनि सरकारले चिया क्षेत्रमा खासै चासो नदिँदा चिया खेतीमा संलग्न कृषक रुष्ट छन् । चिया तथा कफी विकास बोर्डले चिया उत्पादन हुने पूर्वका विभिन्न स्थानमा चिया विस्तार आयोजना कार्यालय स्थापना गरे पनि नर्सरीका लागि चियाका डाला वितरण गर्ने र सामान्य प्राविधिक ज्ञान दिनेबाहेकका काम गर्न सकेको छैन ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०९:४७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...