अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दुईवर्षे कार्यकालभित्र समितिले महिला सम्मेलन, कृति प्रकाशन र साहित्यिक कार्यक्रम र गोष्ठीको आयोजना गर्ने छ ।
आवश्यकता हेरि सबै क्षेत्रका महिला प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइनेछ ।
वि.सं.२०७९ कात्तिक १ मंगलवार १३:०५ मा प्रकाशित






























