back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ कात्तिक १९ शनिवार

1.1K 

shares

पवन बुढाथोकी, काठमाडौँ

तलका विपन्न देखाएर माथि जानेहरू नै धेरै भए
अरुको नाम लिदै आफै त्यहाँ खानेहरू नै धेरै भए
गरिब छैनौँ हामी गरिबी सृजना गरिएको हो बुझ्नोस्
यो गर्छु र त्यो गर्छु भन्दै बटुलेर लानेहरू नै धेरै भए ।


हैन भने शाषक र जनतामा नै किन ज्यादै ठुलो फरक देखिन्छ
नेता चैँ ठुला र सम्पन्न छन सामान्यको अवस्था नरक देखिन्छ
विश्वका राम्रा देश जस्तै हाम्रा पनि स्थिति बराबर कहिले हुने ?
चारैतिर सामाजिक न्याय हैन है भ्रष्टाचारको नै हरक देखिन्छ !


सुन्दरतालाई देख्नासाथ बटुलेर राख्न मन लाग्छ
मिठा मिठा गन्ध र स्वाद नछुटाई चाख्न मन लाग्छ
फोहर र कसिंगर नजिक नआओस भनेर सतर्क भै
सौन्दर्ययुक्त बिचार र भावना मात्र ताक्न मन लाग्छ ।


आफ्नोमा त जो आए नि भैदिए आफु मात्रै निल्ने
कस्ले त्यस्तो काम गर्यो र सबैजनालाई नै मिल्ने
जो आए नि बिकासगर्ने हैन भएको पनि भत्काउने
अनि सबैको लागि कहिले सम्ब्रृद्धिको फूल खिल्ने ।


भरोसा गर्ने ठाँउनै विवादमा परे पछि यहाँ के नै गर्नि
जुनसुकै आए पनि जोगि भएर आफ्नै कमन्डलु नै भर्नि
आशा एवं बिश्वासमा ज्यादै ठुलो तुषारापात भएपछि
के पो बाँकी रहला र हजम पारे पछि यहाँको नै चर्नि ।

 

 

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...