back
CTIZAN AD

छन्द कविता : सूर्यमहिमा

वि.सं.२०७९ कात्तिक १९ शनिवार

972 

shares

विदुर अधिकारी, रामपुर,चितवन

जबजब भवमा नै, सूर्य झुल्केर आए
तब अति मृदु बन्दै, कन्दरा मुस्कुराए
अनुपम गतिमा यो, दिव्य संसार हेरी
निशिदिन रवि छर्छ्न्, दिव्यताको मझेरी ।
. (१)
जब दिनकर छाए, शैल झन् झल्मलाए
अतिशय प्रिय बन्दै, कोइली गान गाए
हरिण,मुजुर नाच्दै,खेतका ती गरामा
सुमधुर पल ल्याए,सूर्य खुल्दा धरामा ।
. (२)
मधुर मधुर लाली,फैलिँदा भूमिमाझ
अधिक भुवन चम्क्यो, झुल्किँदा सत् प्रभात
सकल सुजन गर्छन्, सूर्यको नै पुकार
दिनकर बिनु पक्कै, हुन्न केही सुधार ।
. (३)
हरपल रवि छर्छन्,ज्योति हाम्रा थलामा
दिनदिन किन भर्छन्, तेजधारा गरामा
भन मनुज यहाँ यो, सत्यता नै समाई
किन प्रकृति उदाई,गर्छ हाम्रो भलाइ ।
. (४)
अधिपति जगका सत्,मान्दछौँ सूर्यदेव
अनुपम नभमा नै,चम्किराखे सदैव
जब दिनकर हुन्नन्, अन्ध बन्नेछ सार
सकस अति हुँदामा, सृष्टिको हुन्छ हार ।
. (५)

छन्द : मालिनी

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...