back
CTIZAN AD

कोपिला

वि.सं.२०७९ कात्तिक १९ शनिवार

780 

shares

गिरिराज डल्लाकोटी, चितवन

१.
दिन र रात बराबरी छ
तिहार आउँदैछ दसैं गइसक्यो
मौसम अझै झरीझरी छ

२.
बल्ल जुवाडेको जुवा जाग्दैछ
फूल उन्ने दिदीबहिनीहरू पर्खिनू
सयपत्रीमा कोपिला लाग्दैछ

३.
निकटकोले टिकट पाउँदैछ
लुकेका नोटहरू अब देखिन्छन् रे
तिहारपछि चुनाव आउँदैछ

४.
खेतमा धानको बाला रुझ्दैछ
बोरामा चामल फल्छ भन्छन् बालकहरू
किसान फेरि ऋतुसँग जुझ्दैछ

५.
महङ्गीले छिट्टै आकास छुनेछ
मनभित्रको अँध्यारो लुकाउने होभने
दीपावली पक्कै उज्यालो हुनेछ

 

 

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...