
राजेशराज गड्तौला, रतुवामाई, मोरङ हाल युएई
१.
एकाबिहान काग कराउँदै थियो नेता घर आउँदा
शुभ समाचार आएन तिनलाई आँगनमा पाउँदा ।
२.
जनताको अभिमत यसपालि नि खेर नजाओस्
वृद्ध भएको युवा नेताले चुनावमा हार खाओस् ।
३.
घर घरमा हामीलाई ढाँट्न आउँदैछन् ती झोले
खनाइदिए हुन्छ तिनका टाउकैमा तातो खोले ।
४.
विकास गर्छु भनेर नेता खल्ती भर्ने
जनता खान नपाई भोकभोकै मर्ने ।
५.
छैन आशा कत्ति पनि नेताहरूको यहाँ
झुटको खेती धेरै हुन्छ आजकल जहाँ ।