back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ मंसिर १७ शनिवार

846 

shares

मुरारीराज मिश्र, काठमाडौं


के स्वाभिमान भन्दा ठूलो पद हुन्छ !
के पद पाए मात्रै ठूलो कद हुन्छ !
गिरेर तलुवै नचाटौं न हजुर
चाकडीको पनि त यौटा हद हुन्छ ।


समयसंगै कहिले अनायासै हैसियत चुलिन्छ,
अहंकार गर्नु व्यर्थ छ कहिले नराम्ररी थलिन्छ,
सबैभन्दा माथि छु भनेर, घमण्ड गर्ने छत पनि
घरको तला थपिएपछि स्वतः भुइँमा बदलिन्छ ।


नाङ्गिदैंछन् बिस्तारै मानिसका चरित्रहरु
अनौठा देखिन थाले मित्रताका चित्रहरु
फाइदाका लागि कहिले यता कहिले उता
सूर्यमुखी फूलजस्तै लाग्न थाले मित्रहरू ।


महंगियो तरकारी, दूध, फलफूल र अन्न
जनताको पेट संधै आधा, कहिल्यै छैन टन्न
कालाबजारिया सक्रिय छन् मौन छ सरकार
कसले सुन्छ र यो व्यथा ? खै कता जाने हो भन्न !


कहिले भन्छन्, ‘यो त मेरो नजिकैको नाता पर्ने’
कहिले, ‘गोरु बेचेको साइनो’ भन्दै आँखा तर्ने
स्वार्थ पूरा नहुन्जेल आफ्नो, नत्र बिरानो भनी
सम्बन्ध चिनाउनेलाई खै के सम्वोधन गर्ने ?

वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...