back
CTIZAN AD

कविता : हड्डीहरूको समय

वि.सं.२०७९ मंसिर १७ शनिवार

792 

shares

उमेश अवस्थी आदर्श,बझाङ

यो उनीहरूको समय हो
उनीहरू समय होइनन्
यो नवागन्तुकहरूको समय हो
प्रशंसा नयाँहरूकै हुन्छ
आलोचना पुराना–पुरानाको ।।

मौका मौन हुन्छ
मौकामै हत्या गर्छ कमिलाले हात्तीको
मौकामै शिकार गर्छ
सिंहले हरिणको ।।

यो उनीहरूको समय होइन्
यो परीक्षणकालिन समय हो
ऊ निष्पक्ष, स्वतन्त्र र निडर छ
तर मेरो छोरा ऊ जस्तो कदापि नहोस्
ऊ उनीहरू जस्तो पनि नहोस् ।।

यो समय उडुसको हो,खटमलको हो
र कृनाको पनि
ऊ पनि तयार भएको छ
खटमल निदाएको विस्तरामा निदाउन ।।

यो लार्भाहरूको समय हो
प्युपाहरूको समय हो
पिजडाभित्र छन् लार्भाहरू
काट्न बाँकी छ पिजडामा अड्किएका
वर्षौँ पुराना अस्थिपञ्जर जस्ता हड्डीहरू ।।

हड्डीले हड्डीलाई जोतेर
शरीरमाथि सिचाइ गरिन्छ यहाँ
यो समय हड्डीहरूको समय हो
अब हड्डीहरूको मासु बन्ने पालो छ
यो समय नशाहरूको समय हो
यो समय हिड्नेहरूको समय हो
यो समय खुट्टामाथि अडिने शरीरको होइन
शरीर अड्याउने खुट्टाको समय हो
ऊ निडर छ, निष्पक्ष छ
तर मेरो छोरा ऊ जस्तो नहोस् ।।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...