
लक्ष्मी स्मृति, विराटनगर
एकै पलमा सारा माहोल बदलिन्छ कस्तो ?
युगौँ टिक्ने मायाँ पनि छिनमै छिन्छ कस्तो ?
राधा ठान्यो होलिका झैँ दिल जलाउँछन्,
किन मेरै यो आँखाले धोका दिन्छ कस्तो ?
महलमा सन्तान रमेको छ,आमा बृद्धाश्रम
कता जाला समज? प्रश्न उब्जिन्छ कस्तो ?
ऊ मुलुक बदल्न भन्दै हिडेकोथ्यो,अल्झ्यो,
सम्पति अघि सारा अठोट भासिन्छ कस्तो ?
स्मृतिमा राखुँ भन्यो एउटा असल तस्विर,
बैगुनीको चाला मात्र आई उभिन्छ कस्तो ?