back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ मंसिर १७ शनिवार

921 

shares

कालिचरण वस्नेत,मकवानपुर

१.
मेरो पौरख
पुर्खाको नासो
धन दौलत


धेरै छ जीमी
पुर्ख्यौली मेरो
के सोच्छौ तिमी ?

३.
महल ठूला
शहरै पिच्छे
असुल्छु भाडा

४.
नागको मणि
घरमा मेरो
बनायो धनी

५.
गैंडाको खाग
आफैले राखेँ
लाइन भाग

६.
पैसा पुरानो
हाल्न नि पुग्छ
सुनको छानो

७.
स्यालको सिङ
छ नि म संग
हेर्न त दिन्न

८.
धेरै छ सुन
लाग्दैन बेर
अरबौं हुन

९.
धनीको चाल
हजारौं थान
चाँदीको थाल

१०.
पूजा कोठामा
छ एक मुखे
रुद्राक्ष दाना ।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...