back
CTIZAN AD

लघुकथा : अदृष्टि

वि.सं.२०७९ मंसिर १७ शनिवार

807 

shares

डा. विदुर चालिसे, काठमाडौं

गाडिको चक्कर !

चालक ध्यानमग्न थियो । यथार्थमा बेहोस, गतिहीन र अर्थहीन मानसिकता साथ चलिरहेको थियो । कसैले उसलाई बाटोमा हात जोड्दाजोड्दै सोध्यो ।

‘क्रेज जान्नु हुन्छ ?’

‘ग्रीज ?’

उ अलमल्ल पर्याे । हात जोडिरह्यो । चुपचाप लाग्यो । अगाडि बढ्यो । बाटोको अर्काे छेउबाट कसैले विनम्रपूर्वक हात मोलि मोली सोध्यो ।
‘हजुर ! मसँग एकदम राम्रो ग्रीज छ, हाल्ने ?’

निकै उच्चगुणस्तरको चिप्लो न चिप्लो ग्रीजको बारेमा बखान गरेर बिक्रेता भाउमाथि भाउ र भाउबाट दाउ छोप्न थाल्यो । बिक्रेताको मन्दमृदुल मुस्कान र अनुनयविनयबाट प्रभावितहुँदै उसलाई लाग्यो ।

‘सहज ढङ्गले गाडि गुडाउने र खिया धपाउने अस्त्र !’

उसले अर्काेतिर फर्क्यो । दायाँ झर्क्यो । बायाँ पड्क्यो । यता कड्यो । उता छड्क्यो । रातमा भड्क्यो । दिनभर फड्क्यो । उसको जिन्दगी चल्दैथियो । गाडिको स्टेरिङ छिटो छिटो यता उता घुमाउन थाल्यो । अर्काे बिक्रेताले गाडि चलाउने भाउ तोकि दिन थाल्यो ।

‘हजुर ! यो उहिलेको जस्तो ग्रीज पक्कै होइन ! यसमा उच्च स्तरको चिप्लो, चिल्लो र गति भएको खास तत्व छ । यसलाई प्रयोग गरिबक्सेमा गाडि खुब कुद्छ ।’

उच्च घरानिया बिक्रेताले प्रयोग गरेको दरबारी आदरार्थीको भाषाले हात जोडिरहेको चालक मोहित बन्यो । उसले पुरानो ग्रीजलाई पन्छाउँदै गयो । नयाँनयाँ ग्रीजहरू प्रयोग गर्दैगयो । बिक्रेताले ल्याएको नयाँ ग्रीज हेर्दा राम्रो, छुँदा चाम्रो, घस्दा माम्रो र गुड्दा काम्रोजस्तो देखिन्थ्यो ।

केहीदिन नयाँ ग्रीजको चुर्फुर निकै तेज गतिमा थियो । गाडि दौडियो । हात जोडेको चालकले झिकेको पुरानो ग्रीज बाटोमा छरिँदै र थुप्रँदै गयो । यस्तो भयो कि पुरानो ग्रीजका कारणले हात जोड्ने चालकको आउजाउ गर्ने बाटोको वातावरण दुर्गन्धित हुन थाल्यो । त्यहाँ उत्पादित फङ्गी, भाइरस र व्याक्टेरियाले उसलाई दैनिक जसो सताउन थाल्यो । एकदिन हैरान भएर आफैलाई धिक्कार्दै कराउन थाल्यो ।
‘खत्तम लुब्रिकेण्ट परेछ !’

बाटोमा फसेको उसको गाडि नचलेपछि कसैले पाङ्ग्रा,कसैले चालक सिट, कसैले स्टेरिङ, कसैले इन्जिन फुकालेर बेच्नलाई विज्ञापन गर्न थाले ।

‘लौ आयो ! पुरानो सांस्कृतिक सम्पदा !’

वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...