back
CTIZAN AD

कविता : युद्ध

वि.सं.२०७९ मंसिर १७ शनिवार

1.2K 

shares

निरुबिन्दु, कालेबुङ, भारत

एक हफ्तामा तेरो मानचित्र मेटाईदिन्छु
भनेर धाँक पिट्ने त्यो देश
अहिले भुँईमा रगडीरहेछ आफ्नो नाक

खरायो जति नै मै हुँ भन् ठानोस
कछुवाले चाल चलेपछि
खतरनाक हुन्छ शक्तिको दुरूपयोग गर्नेलाई

‘नपत्याउँदो खोलाले बगाउँछ !’
पूराना उखानहरू बाबैका
सत्य सिद्ध शावित भएका झलकहरू देखिन्छ
हो !
यसघडी, कुरा गरिरहेछु म
हात्ती जस्तो रूस अनि कमिला जस्तो यूक्रेनको
जति दाग्छ तोप, मिसाइल अनि गोली
जति फ्याँक्छ बमका गोला
उति नै बौरी उठ्छ
उजाड भूमीबाट यूक्रेनी सेनाहरू

यूद्ध लढ्नलाई हतियार होइन
आँट चाहिँदो रहेछ
त्यो आँट, यो सानो देशसंग छ

शिरमा कफन बाँधेर उत्रेका हुन् रे
मृत्यूसंग कबड्डी खेल्दै
ती देशका यूवाहरू यूद्धको मैदानमा

त्यसै देशका मेरूदण्ड भनिएको होइन
नयाँ पिंडीका यूवा अनि,
जाँहगरिला, जोशिला खुनहरूलाई

यूद्ध लढ्नलाई हतियार होइन
आँट चाहिँदो रहेछ
त्यो आँट, यो सानो देशसंग छ

तात्तिएको कन्सिरी बोकेर हिँडीरहेछ
रूस !
गत्तिलो ’मनोबल’ छातीमा सिउरेर
औ,
मस्तिष्कको ढकनी खोलेर
खाईरहेछ ताजा गिदीहरू यूक्रेनी योद्धाहरूले

साँडेको जुधाई बाछाको मिचाई !

हार मान्न खोज्दैनन् दुवै देश
औ, विराम गर्न चाहँदैनन् युद्ध

समाचार दौडीरहेछन् बोकेर खबरहरू
उचाल्ने–पछार्ने खेलको
उजागर भईरहेछ हरेक च्यानलमा

अड्कलबाजी लगाई रहेछन्
नागरिकहरू
पोख्दैछन् आफ्ना–आफ्ना मन्तब्य

औ, देश !
विश्व युद्धको कगारमा उभिरहेछ ।।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...