बिन्दु पौडेल, दाङ
१
तस्बिरमा छुँदैछु
सम्झिएर बिर्सिजाने छ
निस्ठुरी म रुँदैछु
२
ज्यानै दिन्छु भन्नेले
फर्कीएर किन आएनौ
औंला भाँची गन्नेले
३
पानी मीठो मूलको
भन्छन् नि बुढापाकाले
छोरी राम्रो कुलको
४
बिहानीले छुँदैछ
तिमीलाई देख्नेबित्तिकै
भेटुँ भेटुँ हुँदैछ
५
कति बस्नु डरैमा
ढल्की गयो लाली जोबन
माइतीको घरैमा
लय : इन्द्रकमल
अक्षर संरचना : ७–९–७
गायनक्रम : पात, पात, मुना
वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:५७ मा प्रकाशित






























