
बिके माकजु, भक्तपुर
१.
कुरा सबैको सुनौँ,
नेता गतिलो चुनौँ ।
२.
बाँदरे नेताका झोले कार्यकर्ता,
कंस रुपधारी जन इच्छा हर्ता ।
३.
मुसा र बिरालोको खेल खेल्छ दल,
जनता मार्न नेता गर्छ सधैँ बल ।
४.
पुलपुलिदै नेता भए छाडा हात्ती,
जनताहरू हानौँ मार्ग चार लात्ती ।
५.
अक्षर खेती मौलाउँछ जब,
अन्याय अत्याचार सुक्छ तब ।