घनश्याम कोइराला,मणिपुर, भारत
बाली सप्रिन्छ झरी परेपछि
झरीपर्छ मेघ गर्जे पछि
मेघ गर्जिन्छ बर्खा लागेपछि
आँखा निदाउँछ सपना ब्युँझेपछि
जीवनका कान्लामा एकफाँको रहर पाक्छ
सपनीमा उडूँ उडूँ लाग्छ बिहानीले डाक्छ
सुरेली खै कहाँ खेल्नु ! बाध्यताका आडमा
सुस्केरामा मौनतामा जिन्दगी के स्वाद छ ?
यो वेदना दाइजो जस्तो फाप्दै छ कि बरिलै !
चस्स चस्स दुख्नथाल्यो रमाइलो छेउकुना
फिरिरिरी रिङ्नथाल्यो जता छाम्यो मनले
आजभोलि सपना झर्कोलाग्दो भो किन ?
जून पोखिन्छ औंसी अस्ताएपछि
कहालि लाग्छ खोला सुसाएपछि
मन बाँधिन्छ आराधना उम्रेपछि
आँखा निदाउँछ सपना ब्युँझेपछि ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०६ मा प्रकाशित






























