back
CTIZAN AD

कविता :आँखा निदाउँछ सपना ब्युँझेपछि

वि.सं.२०७९ मंसिर १७ शनिवार

993 

shares

घनश्याम कोइराला,मणिपुर, भारत

बाली सप्रिन्छ झरी परेपछि
झरीपर्छ मेघ गर्जे पछि
मेघ गर्जिन्छ बर्खा लागेपछि
आँखा निदाउँछ सपना ब्युँझेपछि

जीवनका कान्लामा एकफाँको रहर पाक्छ
सपनीमा उडूँ उडूँ लाग्छ बिहानीले डाक्छ
सुरेली खै कहाँ खेल्नु ! बाध्यताका आडमा
सुस्केरामा मौनतामा जिन्दगी के स्वाद छ ?

यो वेदना दाइजो जस्तो फाप्दै छ कि बरिलै !
चस्स चस्स दुख्नथाल्यो रमाइलो छेउकुना
फिरिरिरी रिङ्नथाल्यो जता छाम्यो मनले
आजभोलि सपना झर्कोलाग्दो भो किन ?

जून पोखिन्छ औंसी अस्ताएपछि
कहालि लाग्छ खोला सुसाएपछि
मन बाँधिन्छ आराधना उम्रेपछि
आँखा निदाउँछ सपना ब्युँझेपछि ।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...