back
CTIZAN AD

प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

681 

shares

काठमाडौँ । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घ र मेघा अस्पताल प्रालिबीच काठमाडौँमा आयोजित एक समारोहका बीच छुट सुविधासम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष श्रीमती कुसुमलता सिंह तथा मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष किशोरजङ्ग राणा र चिकित्सा निर्देशक डा इवराज सिम्खडाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरे ।

समारोहमा सङ्घकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपत्विपत्मा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्योपचार तथा औषधिका लागि छुट दिने गरी भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

उनले आगामी दिनमा समेत सङ्घ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताइन् । सो अवसरमा अस्पतालका अध्यक्ष राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने विचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र सङ्घबीच आवश्यक सहकार्य हुने बताए ।

उक्त सम्झौतापत्रमा अस्पतालको सेवा–सुविधाअन्तर्गत आइसीयू शय्या, वार्ड, क्याविन रूम, ल्याब र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडी डाक्टर, आइसीयू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक तीन जनालाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आजदेखि २०८४ मङ्सिर २२ गतेसम्म पाँच वर्षका लागि लागू हुने जनाइएको छ ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १९:४८ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...