ओम आचार्य,अर्घाखाँची
सभ्यता खोज्दैगर्दा
मान्छेले खोस्रिएको अगेनोमा
नभेटिए पनि आगो
साबिती बयानको लागि
उड्दैगरेको देखिन्छ चिसो खरानी ।
छोराछोरी जन्माउँदा
हिजो आमाले नाल काट्ने गरेको
कुनै कुनामा मिल्किएको धारिलो सेँगी (छुरी)
खियालागेर बोधो भएको अवस्थामा
विलुप्त छ पौरख ।
राजपाठ छाडेका सिध्दार्थ
बुद्ध बनेपछि राम्रा र हाम्रा भन्नेहरूको जमात
एक इञ्च दाया बाया गर्न चाहँदैन
ज्योतिषीको पोल्टाबाट भाग्य उठाएर
लिगलिगकोट तिर
कुँदेको कुँदैछ ।
नजिकै देखिने आकाश
हजार कोसिस खेर जान्छन्
पटक पटक छोप्प खोज्दा
र पनि रहर मर्दै मर्दैन
असम्भव ठानेर आज पर्यन्त ।
वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:४६ मा प्रकाशित






























