back
CTIZAN AD

कविता : क्रमभङ्गता

वि.सं.२०७९ मंसिर २४ शनिवार

1K 

shares

ओम आचार्य,अर्घाखाँची

सभ्यता खोज्दैगर्दा
मान्छेले खोस्रिएको अगेनोमा
नभेटिए पनि आगो
साबिती बयानको लागि
उड्दैगरेको देखिन्छ चिसो खरानी ।

छोराछोरी जन्माउँदा
हिजो आमाले नाल काट्ने गरेको
कुनै कुनामा मिल्किएको धारिलो सेँगी (छुरी)
खियालागेर बोधो भएको अवस्थामा
विलुप्त छ पौरख ।

राजपाठ छाडेका सिध्दार्थ
बुद्ध बनेपछि राम्रा र हाम्रा भन्नेहरूको जमात
एक इञ्च दाया बाया गर्न चाहँदैन
ज्योतिषीको पोल्टाबाट भाग्य उठाएर
लिगलिगकोट तिर
कुँदेको कुँदैछ ।

नजिकै देखिने आकाश
हजार कोसिस खेर जान्छन्
पटक पटक छोप्प खोज्दा
र पनि रहर मर्दै मर्दैन
असम्भव ठानेर आज पर्यन्त ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...