back
CTIZAN AD

लघुकथा : फोहोरी

वि.सं.२०७९ मंसिर २४ शनिवार

912 

shares

अनु विज्ञाति, सुन्दर हरैंचा, मोरङ

‘हिरा, छि ! छि ! त्यो फोहोर उठाउनेको नजिक नजाउँ । फोहोरी छ ।’ हजुरआमाले आफ्नो अगाडिको फोहोर उठाउँदै गरेको सफाई कर्मचारीलाई औँल्याउँदै नातिनीलाई आफूतिर तानिन् र अर्को हातमा भएको फोहोर थुप्रो भन्दा अलि वरै मिल्काईन् । छिमेकीका अरु हजुरआमाहरु पनि उसैगरी हातमा फोहोरका थैला लिएर आए र फोहोर फाल्ने ठाउँ भन्दा अलि वरै फोको मिल्काए । अनि त्यही सफाई कर्मचारीको कुरा गर्न थाले ।

‘छ्या ! यस्तो फोहोर पनि केही होइन जस्तै गरी ढुक्कले उठाउँछ है यसले ?’ एउटी हजुरआमाले भनिन् । ‘यस्ता फोहोरीहरु यस्तै हुन्छन् नी ! नभए यस्तो दुर्गन्धमा कोही काम गर्न सक्छ ?’ अर्कीले थपिन् । ‘छ्या ! यसको जुनी त,!’ अरु सबैले निष्कर्ष निकाले । त्यहीबेला हिराले सोधिन् ‘फोहोर गर्नेलाई फोहोरी भानिन्छ होइन र हजुरआमा ?’ ‘हो नानी’, हजुर आमाले जवाफ दिइन् ।

छिमेकी हजुरआमाहरुले सफाई कर्मचारीलाई देखाउँदै भने, “उ त्यस्तै क्या ।’ हिराले फेरी तिनै हजुरआमाहरुतिर फर्केर प्रति प्रश्न गरिन्, ‘हामीले गरेको फोहोर सफागर्ने उहाँलाई फोहोरी भन्ने हो भने, फोहोर गरेर जताततै मिल्काउने हामीचैँ के नी ?’

 

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:४९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...