मुरारीराज मिश्र,काठमाडौं
१.
हेमन्त याम
धुम्म बादल
दुर्लभ घाम ।
२.
मुखमा राम
गर्छन् नकाम
कस्ता हराम ।
३.
रमायो मन
हिउँका फूल
ढकमक्क छन् ।
४.
सहि निकास,
सर्वप्रथम
आफ्नै विकास ।
५.
स्वार्थको काम
घनिष्ठ मित्र
रावण–राम ।
६.
नयाँ छन् जोगी
खरानी घस्दै
नबनुन् भोगी ।
७.
फुस्क्यो कपडा
नाङ्गिए नेता
भयो लफडा ।
८.
अनेक रुप
चरित्र यौटै
उस्तै छन् मुख ।
९.
कस्तो विश्वास !
पाल्दैछन् गोरु
बिगौती आश ।
१०.
मुखले मित्र
करौंतीजस्तो
भित्री चरित्र ।
वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:५० मा प्रकाशित






























