back
CTIZAN AD

गजल

वि.सं.२०७९ मंसिर २४ शनिवार

795 

shares

किशोर कोइराला, सुनसरी

शीतल रहेन जून शरद् पग्लियो यहाँ ।
ढुङ्गो पगाल्ने सूर्य स्वयम् तर्सियो यहाँ ।

बादल र शीतको परिचर्चा हुँदै थियो,
ज्वालामुखी फुटेर जहर छर्कियो यहाँ ।

जान्दैन जो उही परिभाषा सुनाउँछ
तारा सबै झरेर गगन रित्तियो यहाँ ।

धनवान सम्झिएर नजिक आउँदै छ जो,
देखेर कर्म आज उही टाढियो यहाँ ।

छोडेर जन्मभूमि पलायन भए युवा,
सामर्थ्य स्वाभिमान सबै बेचियो यहाँ ।

बहर : मुजारे अखरब मक्फूफ महजूफ

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...