
किशोर कोइराला, सुनसरी
शीतल रहेन जून शरद् पग्लियो यहाँ ।
ढुङ्गो पगाल्ने सूर्य स्वयम् तर्सियो यहाँ ।
बादल र शीतको परिचर्चा हुँदै थियो,
ज्वालामुखी फुटेर जहर छर्कियो यहाँ ।
जान्दैन जो उही परिभाषा सुनाउँछ
तारा सबै झरेर गगन रित्तियो यहाँ ।
धनवान सम्झिएर नजिक आउँदै छ जो,
देखेर कर्म आज उही टाढियो यहाँ ।
छोडेर जन्मभूमि पलायन भए युवा,
सामर्थ्य स्वाभिमान सबै बेचियो यहाँ ।
बहर : मुजारे अखरब मक्फूफ महजूफ