back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ मंसिर २४ शनिवार

894 

shares

पवन कुमार बुढाथोकी, काठमाडौँ

१.
विकास भनेको पकाउदै नपकाउने अहिलेको व्यवस्थाको यो भाँडो
अरू देश प्रगति गरेर कहाँ पुगिसके हाम्रो चै कस्तो रहेछ गाँडो ।

२.
गरि खाउँ भन्दा पनि रोजगारी दिन नै नसक्ने हाम्रा नेता कस्ता
सधैँभरि के देश चल्न सक्छ त अब नारा मात्र अलापेर सस्ता ।

३.
उद्योग, व्यापार बढाई युवालाई रोजगारी कहिले यहीँ बढाउछन्
नारा मात्र अलापेर जनता फकाउनेले देशको भविष्य सडाउछन् ।

४.
देश विकास गर्न त भाषण हैन हात पाखुरा चलाउनु पर्छ
तब मात्र अरू विकसित देशको समृद्धि हाम्रो देशमा नि सर्छ ।

५.
नेता नेता मिलेर आ–आफ्ना शान र मान बढाउदैमा के सबै थोक हुन्छ ?
गाँस, बास र कपास नपाई भौतारिएका मान्छेको मन के यसरी छुन्छ ?

 

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...