
पवन कुमार बुढाथोकी, काठमाडौँ
१.
विकास भनेको पकाउदै नपकाउने अहिलेको व्यवस्थाको यो भाँडो
अरू देश प्रगति गरेर कहाँ पुगिसके हाम्रो चै कस्तो रहेछ गाँडो ।
२.
गरि खाउँ भन्दा पनि रोजगारी दिन नै नसक्ने हाम्रा नेता कस्ता
सधैँभरि के देश चल्न सक्छ त अब नारा मात्र अलापेर सस्ता ।
३.
उद्योग, व्यापार बढाई युवालाई रोजगारी कहिले यहीँ बढाउछन्
नारा मात्र अलापेर जनता फकाउनेले देशको भविष्य सडाउछन् ।
४.
देश विकास गर्न त भाषण हैन हात पाखुरा चलाउनु पर्छ
तब मात्र अरू विकसित देशको समृद्धि हाम्रो देशमा नि सर्छ ।
५.
नेता नेता मिलेर आ–आफ्ना शान र मान बढाउदैमा के सबै थोक हुन्छ ?
गाँस, बास र कपास नपाई भौतारिएका मान्छेको मन के यसरी छुन्छ ?