back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ मंसिर २४ शनिवार

891 

shares

गणेश खतिवडा, गल्छी, धादिङ

१.
निकै लाचार बनेर उभिएको थिएँ तिम्रो आँगनिमा
मन सम्हाल्दा सम्हाल्दै भक्कानिएँ तिम्रो आँगनीमा
मेरो नामको सिउँदो अर्कैले भरेको देख्न नसकेर
मैले बाँच्ने आसा नै त्यागीदिएँ तिम्रो आँगनीमा ।
२.
पार्ला परिस्थितिले अधिन मलाई सम्झिनु
गर्छु हर कुराहरुको एकिन मलाई सम्झिनु
प्रिय, तिमी डोलि चढी पराई घर गए पनि
अप्ठ्यारो परेमा कुनै दिन मलाई सम्झिनु ।

३.
कुनै आशा नगरी रहर मारी बगाइदिन मन छ
पिर व्यथा जति जम्मै पर सारी बगाइदिन मन छ
धमिलो साउने भेलमा जिन्दगी अड्किएको देख्दा
पुरै जिन्दगी नै टुक्राटुक्रा पारी बगाइदिन मन छ ।

४.
सबै काम सकेपछि भेट्न झम्के साँझमा आउनु
मन भित्रको प्यास मेट्न झम्के साँझमा आउनु
हाम्रो यो प्रेम सम्बन्ध लाई स्विकार्दैन समाजले
दिनमा भेटे सक्छन् लखेट्न झम्के साँझमा आउनु ।

५.
बिगत थियो निकै यादगार, बिर्सन सक्दिन
अब बिर्सन्छु भन्छु हर–बार, बिर्सन सक्दिन
दोबाटो मै अलपत्र छोडी जाने निस्ठुरीको
याद आइरहन्छ लगातार,बिर्सन सक्दिनँ ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...