
संजय सुमन,बगेवा, सर्लाही
ऐ घर मालिकहरू !
तिमी मालिकै जन्मियौ र !
तिम्रा पुर्खाहरू मालिकै जन्मियो कि !
कि पृथ्वी जन्मिनुभन्दा अगाडि जन्मियौ
र जन्मायौ पृथ्वी !
त्यही पृथ्वी
त्यही जमीन
तिमी मालिक
म सुकुम्बासी !
तिमी कसरी किन्यौ !
कहाँबाट किन्यौ !
को बाट किन्यौ !
तिमीले घर बनायौ, मालिक भयौ
मैले छाप्रो बनाएँ
सुकुम्बासी कसरी !
सुन्छु,
चन्द्रमा पनि किन्यौ रे !
को बाट किन्यौ !
चन्द्रमाको मालिक को थियो !
कसले बेच्यो !
तिमी मालिकै कसरी जन्मिन्छ्यौ !
कि पृथ्वी तिम्रो बा आमाको स्पर्शबाट जन्म्यो
र तिमी मालिक भयौ !