
राजेश क्षेत्री निर्दोष,दार्चुला, हाल–मलेसिया
१
आमाको सङ्घर्ष बाको स्नेह भतभती सकेर
बाले पसिना बगाउँदै थुपारेको सम्पति सकेर
दिउँसै टाउको काटेर सडकमा हिडिरहेछन्
आफ्नै आमा आफ्नै घरकी श्रीमती सकेर ।
२
दुःख कष्ट पाउँदा रहेछन् गरिब अथितीले गर्दा
आफ्नै भुल हो आफैले तोकेको मितिले गर्दा
यहाँ बाढिले बगाउँदा घरविहीन त भएकै थियौं
अहिले भुमि विहिन सम्म भयौ राजनीतिले गर्दा ।
३
तपाई सँग त धन–सम्पति छ, घर छ
र त एक अपार खुसी छ यहाँ छुट्टै रहर छ
राजनीति गर्नेले सहरमा महल बनाईसके
गरिबको झै सम्म पनि झुपडीकै भर छ ।
४
गर्न त आँसुको लगानी धेरै गरियो खुसी भेटिएन
कुन मित्रले कुन राक्षसले सम्झियो खुसी भेटिएन
बा–आमालाई एक्लै छोडेर खुसी किन्न हिडेको हुँ
सफर सफरमै जिन्दगी सकियो खुसी भेटिएन ।
५
कसरी हुनुपर्छ पुर्ण सचेत बन्धकी राखेर
यहाँ सिङ्गो जीवन बाँझो खेत बन्धकी राखेर
स्वदेशमा काम नपाएर छोरो परदेशिन पुग्छ
साहेब बाआमाको खुसी समेत बन्धकी राखेर ।