back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ मंसिर २४ शनिवार

2.1K 

shares

राजेश क्षेत्री निर्दोष,दार्चुला, हाल–मलेसिया


आमाको सङ्घर्ष बाको स्नेह भतभती सकेर
बाले पसिना बगाउँदै थुपारेको सम्पति सकेर
दिउँसै टाउको काटेर सडकमा हिडिरहेछन्
आफ्नै आमा आफ्नै घरकी श्रीमती सकेर ।


दुःख कष्ट पाउँदा रहेछन् गरिब अथितीले गर्दा
आफ्नै भुल हो आफैले तोकेको मितिले गर्दा
यहाँ बाढिले बगाउँदा घरविहीन त भएकै थियौं
अहिले भुमि विहिन सम्म भयौ राजनीतिले गर्दा ।


तपाई सँग त धन–सम्पति छ, घर छ
र त एक अपार खुसी छ यहाँ छुट्टै रहर छ
राजनीति गर्नेले सहरमा महल बनाईसके
गरिबको झै सम्म पनि झुपडीकै भर छ ।


गर्न त आँसुको लगानी धेरै गरियो खुसी भेटिएन
कुन मित्रले कुन राक्षसले सम्झियो खुसी भेटिएन
बा–आमालाई एक्लै छोडेर खुसी किन्न हिडेको हुँ
सफर सफरमै जिन्दगी सकियो खुसी भेटिएन ।


कसरी हुनुपर्छ पुर्ण सचेत बन्धकी राखेर
यहाँ सिङ्गो जीवन बाँझो खेत बन्धकी राखेर
स्वदेशमा काम नपाएर छोरो परदेशिन पुग्छ
साहेब बाआमाको खुसी समेत बन्धकी राखेर ।

 

वि.सं.२०७९ मंसिर २४ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...